काठमाडौं– मनाङ मर्स्याङ्दी क्लबले मनमोहन मेमोरियल दुहबी गोल्डकपको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरेर मनाङ च्याम्पियन बनेको हो।
उपाधिसँगै मनाङले काकडभिट्टा गोल्डकप र सतासी गोल्डकपको फाइनलमा बेहोरेको हारको बदला समेत लिन सफल भएको छ।
खेलको १६ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेर आर्मीलाई अग्रता दिलाए। २६ मिनेटमा विशाल राईले बराबरी गोल फर्काएका थिए। विशाल रानाले ५९ मिनेटमा अर्को गोल गरेपछि मनाङले खेलमा अग्रता लियो।
जितसँगै मनाङले ४ लाख तथा आर्मीले २ लाख रुपैयाँ पुरस्कार जितेका छन्।
तस्बिर : हिमालयन मनोज
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।