काठमाडौं– सोमबारदेखि सुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताका लागि चितवन टाइगर्सले तीन जना विदेशी खेलाडी भित्र्याएको छ।
चितवनले शनिबार तीन खेलाडीको नाम सार्वजनिक गरेको हो। जसमा प्रविण गुप्ता, सावेज खान र प्रमेश कुमार रहेका छन्। तीनै खेलाडी भारतका हुन्। उत्तर प्रदेशका प्रविण गुप्ता ५३ वटा रणजी ट्रफी खेलेका खेलाडी हुन्। दिल्लीका सावेज खान र हरियाणाका प्रमेश कुमारले स्थानीय क्लब स्तरको प्रतियोगिता खेलेको अनभुव छ।
यसअघि चितवन टाइगर्सले पृथु बाँस्कोटालाई कप्तानमा नियुक्त गरेको थियो। यद्पी उनी शनिबार आयोजित पत्रकार सम्मेलनमा अनुपस्थित थिए। डेजा भू डिस्को कान्डमा उनलाई प्रहारीले पक्राउ गरेको थियो।
चितवनको प्रशिक्षकमा कलाम अली र टिम म्यानेजरमा सुवास खकुरेल छन्। खकुरेल घाइते भएपछि उनलाई टिम म्यानेजरको जिम्मेवारी दिइएको हो।
चितवन टाइगर्स टिम : पृथु बाँस्कोटा (कप्तान), दीपेन्द्रसिंह ऐरी, अनिल मण्डल, दीलिप नाथ, सुनाम गौतम, सन्दीप सुनार, योगेन्द्रसिंह कार्की, भिम सार्की, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहव आलम, आकाश थापा, गौतम केसी, प्रविण गुप्ता, सावेज खान र प्रमेश कुमार ।
आकाश थापा र गौतम केसी चितवनमा आयोजना गरेको ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी हुन् । केसी चितवन टाइगर्सको खेल्ने सुचिमा नरहे पनि उनलाई प्रशिक्षण गर्ने व्यवस्था मिलाइनुका साथै सबै सुविधा प्रदान गरिनेछ।
यसअघि काठमाडौं र ललितपुरले पनि विदेशी खेलाडीलाई अाबद्ध गर्दै टिम घोषणा गरेका थिए।
काठमाडौं किंग्स एलाभेन टिम– सोमपाल कामी, नरेस बुढाऐर, सागर पुन, जितेन्द्रकुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, सुशील कँडेल, सिद्धान्त लोहनी, पुरन विक, बिक्रम भुसाल, अमरसिंह राउटेला, फरविज महारुफ, अक्षय फर्नान्डेज र सागर कुमार ।
ललितपुर पाट्रिओट्स टिम– ज्ञानेन्द्र मल्ल, मेहबुबआलम, कुशल भुर्तेल, सन्दिप लामिछाने, ललित राजवंशी, शंकर राना, पवन शर्राफ, राजवीर सिंह, सन्दिप जोरा, रसिद खान, सोनु तामाङ, योगश नागर, सुबोध भाटी र जयकिसन अनिलकुमार कोल्सावाला।
इपिएलमा काठमाडौं किंग्स इलेभेन, ललितपुर पाट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर, पोखरा राइनोज् र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक टिमलेअक्सन (बोलकबोल) मार्फत १०–१० खेलाडी भित्र्याएका थिए। टिमहरुले ३–३ जना विदेशी तथा एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टमार्फत छानिरहेका छन्।
काठमाडौंमा सोमपाल कामी, ललितपुरमा ज्ञानेन्द्र मल्ल, विराटनगरमा पारस खड्का, भैरहवामा शरद भेषावकर, पोखरामा शक्ति गौचन र चितवनमा दीपेन्द्रसिंह ऐरी ‘मार्की’ खेलाडीका रुपमा आबद्ध भएका थिए।
सोमबार कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने उदघाटन खेलमा काठमाडौं र ललितपुरबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।