काठमाडौं– नेपाल प्रथम अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।
कीर्तिपुरस्थित त्रिवी मैदानमा शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले पराजित गरेर नेपालले उपाधि जितेको हो।
टस जितेको बंगलादेशले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६० रन जोड्यो । नेपालका लागि दिगम चेमजोङ लिम्बुले नटआउट ७९ रन र नवीन राईले ५९ रन जोडे।
१६१ रनको लक्ष्य नेपालले १८.२ ओभरमा १०६ रनमा अलआउट भयो। बलिङतर्फ नेपालका विपिन पौडेलले ३ विकेट लिए।
कप्तान हिमाल अर्यालको कप्तानीमा उत्रिएको नेपालले समूह चरणमा भारत र बंगलादेशलाई हराएको थियो।
नेपालका नवीन राई उत्कृष्ट ब्याट्सम्यान, विपिन पौडेल उत्कृष्ट बलर र राजु गुरुङ उत्कृष्ट विकेटकिपर घोषित भए।
ह्विलचियर क्रिकेट एशोसियसन नेपालले अपांगता भएकाहरुलाई खेलको माध्यमबाट मनोबल बढाउनका लागि प्रतियोगिता आयोजना गरेको हो।
तस्बिर : सुरज शाक्य
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।