नयाँ दिल्ली- भारतीय वायु सेनाले बम खरिद गर्ने ३ अर्ब भारतीय रुपैयाँ बराबरको सम्झौतामा इजरायलसँग सम्झौता गरेको छ। बिहीबार भएको सम्झौताअनुसार करिब १ सयको संख्यामा स्पाइस-२००० बम भारतले इजरायलसँग खरिद गर्नेछ।
स्पाइस-२००० त्यही बम हो, जुन गत फेब्रुअरी २६ मा भारतले पाकिस्तानको बालाकोटमा गरेको हवाई हमलामा प्रयोग गरेको थियो। फेब्रअरी १४ मा भारतको पुलवास्थित जम्मु-श्रीनगर राष्ट्रिय राजमार्गमा भारतीय सैनिक सवार सिआरपिएफ बाहनमा ४५ सैनिकको ज्यान जाने गरी गराइएको आतम्घाती बम विष्फोटपछि भारतीय वायु सेनाले बालाकोटमा 'सर्जिकल स्ट्राइक' गरेको दाबी गरेको थियो।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार रक्षा मन्त्रालयका २ अधिकारीले यो गोप्य सम्झौताबारे जानकारी दिएको लेखेको छ। एक अधिकारीका अनुसार नयाँ सरकार गठन भएसँगै कुनै पनि देशसँग भएको यो पहिलो सैन्य सम्झौता हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।