वासिङ्टन- अमेरिकी आर्थिक वृद्धिमा गत अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा सामान्य सुधार देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोषले बिहीबार जनाएको छ।
यद्यपि यो चीन–अमेरिका व्यापार विवादका कारण अमेरिकी अर्थतन्त्रमा पर्नसक्ने समग्र प्रभाव तथा ‘निर्माण सामग्री’को अभावका कारण छायामा पर्नसक्ने मुद्रा कोषले बताएको छ।
मुद्रा कोषले सन् २०१९ का लागि अमेरिकाको कूल ग्राहस्थ उत्पादनका लागि गरेको प्रक्षेपणमा केही सुधार देखिएको र २.६ प्रतिशत पुग्ने बताइएको छ। अर्थात् अप्रिलमा गरिएको अनुमानको तुलनामा तीन दशांश वृद्धि भएको छ।
तर, मुद्रा कोषल अमेरिकी अर्थतन्त्रको वार्षिक मुल्याङ्कन गर्दै आगामी सन् २०२० का लागि अमेरिकी आर्थिक वृद्धिमा सामान्य गिरावट आई दुई प्रतिशतमा झर्नसक्ने अनुमान गरेको छ।
मुद्रा कोषका अनुसार अमेरिकी ऋणको अनुपात बढ्दो रहने र वृद्धिदरमा असमानता देखिने चेतावनी दिएको छ। मुद्रा कोषले अमेरिकालगायत विश्व अर्थतन्त्रमा देखिएको प्रभावलाई मध्यनजर गर्दै चीन–अमेरिका व्यापार विवादलाई समयमै समाधान गर्न समेत भनेको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।