आयरल्यान्ड- सहमति कार्यान्वयन र थप वार्ताको सम्भावना कम हुँदै गइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग फेरि छिट्टै वार्ता हुने आशा व्यक्त गरेका छन्।
उनले पत्रकारहरूसँग भने, 'म उत्तर कोरियासँगका सम्झौतालाई कार्यान्वयन गर्न गराउन चाहन्छु, हाम्रो वार्ता फेरि पनि हुने आशा गरेको छु।'
लामो समयदेखि एक अर्काका चर्को विरोधी रहेका अमेरिका र उत्तर कोरियाकाबीचमा गत वर्षदेखि सम्वन्धमा नाटकीय रूपमा सुधार आउने सङ्केत देखिएका थिए। तर, अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच एक वर्ष अगाडि पहिलो शिखर बैठक भएको थियो भने फेब्रुअरीमा दोस्रो शिखर बैठक भएको थियो।
ती बैठकहरूमा भएका सहमतिहरूबाट अहिले दुवै देश पछाडि हटेर आपसी सम्वन्ध फेरि पुरानै अवस्थामा पुग्न लागेको अनुमान गरिएका समय ट्रम्पको यो भनाइ आएको हो। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।