काठमाडौँ- कैलाली र कञ्चनपुरमा आएको विनाशकारी हाबाहुरी बर्दिया र दाङतर्फ अघि बढ्दै गएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ। करिब साढे ७ बजेतिर कैलालीमा आएको हावाहुरी क्रमश पूर्वतर्फ अघि बढ्दै गएको भन्दै केन्द्रले सचेत रहन आग्रह समेत गरेको छ।
कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण एक जनाको मृत्यु भएको थियो भने ३२ जनाभन्दा बढी घाइते भएको प्रहरीले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।