सनराइज बैंकको सिइओमा निरजकुमार श्रेष्ठ

नेपाल लाइभ | २०७६ जेठ २३ बिहीबार | Thursday, June 06, 2019 २०:३४:०० मा प्रकाशित

काठमाडौँ- सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा निरजकुमार श्रेष्ठ नियुक्त भएका छन्।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई सिइओमा नियुत्त गर्ने निर्णय गरेको हो।

श्रेष्ठ ४ वर्षका लागि सनराइजको सिइओमा नियुक्त भएका हुन्। बैंकिङ क्षेत्रमा सिइओ श्रेष्ठको अनुभव ३ दशकभन्दा बढी रहेको छ। 

रत्नराज बज्राचार्यको कार्यकाल पूरा गरी बाहिरिएपछि सनराइज श्रेष्ठ सिइओ भएका हुन्। 

माछापुच्छ्रे बैंकमा सिइओ भइसकेका श्रेष्ठले स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनआइसी एसिया, ग्लोबल आइएमई बैंकको अनुभव सम्हालिसकेका छन्।