काठमाडौं– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनका मुद्दामा भारत, चीन र रूसको आलोचना गरेका छन्।
‘भारत, रूस र चीन जस्ता देशोमा राम्रो हावा र पानीसम्म छैन,’ ट्रम्पले विश्व वातावरण दिवसका अवसरमा बेलायती च्यानल आइटिभीलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘विश्वको पर्यावरणलाई लिएर यी देशले आफ्नो ज़िम्मेवारी निभाएका छैनन् र यी देशलाई जिम्मेदारको महसुस पनि छैन। यी देशमा प्रदुषण तथा सफाइलाई लिएर कुनै सोच छैन।’
ट्रम्पले अमेरिका विश्वकै स्वच्छ देशमध्ये भएको बताएका छन्। ‘अमेरिका विश्वकै स्वच्छ देशमा एक हो,’ उनको भनाइ थियो, ‘ यो कुरा आँकडाले पनि पुष्टि गर्दछ। परिस्थिति अझ राम्रो हुँदैछ।’
उनले भारत लगायतका देशका सहरमा साससमेत लिन नसकिने बताएका छन्। ‘भारतसमेत कयौं देशमा राम्रो हावा पनि छैन, न त सफा पानी,’ उनले भने, ‘म ती सहरको नाम लिन्न। त्यहाँ तपाईंले साससमेत लिन सक्नुहुन्न।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।