काठमाडौं– काठमाडौंमा सञ्चालन भइरहेको प्रथम अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट प्रतियोगितामा नेपाल फाइनलमा प्रवेश गरेको छ। नेपालले उपाधिका लागि शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
समूह चरणको पहिलो खेलमा बंगलादेशलाई हराएको नेपालले शुक्रबार भएको दोस्रो खेलमा भारतलाई ६५ रनले पराजित गर्यो।
त्रिवी मैदान कीर्तिपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले १४ ओभरमा ४ विकेट गुमाएर १ सय ५१ रन जोड्यो। नेपालका लागि नवीन राईले नटआउट ५० रन जोडे। विपिन पौडेलले नटआउट २५ रन जोड्दा राजु गुरुङले २३ रनको योगदान गरे।
१ सय ५२ रनको लक्ष्य पछ्याएको भारतले १४ ओभरमा ७ विकेट गुमाएर ८६ रन मात्र जोड्न सक्यो।
तस्बिरमा हेरौ नेपाल र भारत बीचको प्रतिस्पर्धा :











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।