काठमाडौं– एसिसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपाल र मलेसियाबीच शनिबार प्रतिस्पर्धा हुँदैछ। खेल थाइल्यान्डको ट्रेडथाइ मैदानमा नेपाली समयअनुसार विहान पौने नौ बजेदेखि सुरु हुँदैछ।
नेपाल समूह चरणमा सबै खेल जितेर समूह 'ए' को विजेताको रुपमा अन्तिम चारम प्रवेश गरेको हो। नेपालले समूह चरणमा थाइल्यान्ड, हङकङ र म्यानमारलाई पराजित गरेको थियो। मलेसिया भने समूह चरणमा सिंगापुरसँग पराजित भएको थियो।
समूह चरणमा नेपालमा मध्यक्रमका ब्याट्सम्यान त्रितराज दास सर्वाधिक रन प्रहार गर्ने क्रममा १ सय ३० रन प्रहार गरेका थिए। कप्तान रित गौतमले म्यानमार विरुद्धको खेलमा नटआउट १ सय ६ रन प्रहार गरेका थिए । उनले समूह चरणमा १ सय २२ रन प्रहार गरेका थिए।
नेपालका नारायण जोशी समूह चरणमा बढी विकेट लिने खेलाडी हुन्। उनले समूह चरणका तीन खेलमा १० विकेट लिए। म्यानमार विरुद्ध ४ विकेट लिएका नारायणले थाइल्यान्ड विरुद्ध ५ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।