धनगढी– पिएफए अत्तरीया र फारवेस्ट अत्तरीया स्पोर्टस एकेडेमी ग्यालेक्सी पव्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार भएको पिएफ अत्तरीयाले मनकामना युवा क्लब जुगेडालाई २–० ले पराजित गरेको हो। १३ मिनेटमा विशाल राईले गोल गर्दै आफ्नो पिएफलाई अग्रता दिलाए। २५ मिनेट अभिसेक रिजालले पिएफको अग्रता दोब्बर पारे।
अत्तरीया स्पोर्टस क्लब भने बाइ पाएर दोस्रो चरणमा प्रवेश गरेको हो। सशस्त्र प्रहरी वल अनुपस्थित भएपछि स्पोर्टस एकेडेमी अघिल्लो चरणमा पुगेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।