काठमाडौं– सत्तारुढ दलकै सांसदले संसद्को 'शून्य समय'लाई सरकारले शून्य अर्थात् महत्वहीन बनाएको गुनासो गरेका छन्।
नेकपा सांसद विरोध खतिवडाले सुन्ने समयमा बोल्दै यस्तो गुनासो गरेका हुन्।
उनले भने, ‘संसद् को शुन्य समय भनेको संसदको आवाज सरकारले सुन्ने भन्ने हो। तर, नियमावलीमा यो सुन्नेलाई अंकगणितको शून्य लेखिएछ। त्यसैले यो शुन्यमै हराए जस्तो लाग्यो।’
उनले साथ पाउँदा शून्य पनि शक्तिशाली हुने बताउँदै सरकारको ध्यानाकर्षण गरिदिन सभामुखलाई गुहारे। उनले भने, ‘तपाईं सहारा बनिदिनुहोस्। हामी शून्य हुन्छौं। जस्तो शून्यले एक सहारा पायो भने १० हुन्छ।’
संसद निमावलीको नियम १५ मा शून्य र विशेष समयको व्यवस्था गरिएको छ। सोही दफाको उपनियम १ मा 'सभा सदस्यले आवश्यक महसुस गरेका समसामयिक विषय प्रस्तुत गर्नका लागि सभामुखले सदनको कार्यबोझलाई विचार गरी शून्य समय र विशेष समय तोक्न सक्नेछ' भनि उल्लेख छ।
उपनियम १ को आधारमा उपनियम २ मा 'शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले ५ दिनभित्र सभामुखमार्फत सदनलाई उपलब्ध गराउनु पर्ने' समेत लेखिएको छ।
यो पनि:
संसद्मै सांसदको विश्लेषण : 'शून्य समय'को उपलब्धि पनि शून्य
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।