मेक्सिको सिटी- मेक्सिकोका राष्ट्रपति आन्ड्रेस् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जी-२० सम्मेलनमा भाग नलिने घोषणा गरेका छन्।
आगामी जुनको २८ र २९ मा जापानको ओसाका सहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले सहभागी नहुने घोषणा गरेका समाचारमा जनाइएको छ।
राष्ट्रपति आन्ड्रेस्ले जी-२० सम्मेलनमा भाग नलिने जानकारी गराएका यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
नियमित पत्रकार सम्मेलनका क्रममा उनले आफू सो सम्मेलनमा नजाने र मध्यमार्गी सुझाव मात्र पठाउने धारणा राखेका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।