• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

आरनका योगवीर भन्छन्- श्रीमती बितेपछि गाउँमा बस्न मन लागेन

64x64
लिलु डुम्रे बिहीबार, जेठ २३, २०७६  ०६:१५
1140x725

पाँचथर, राँके- करिब ६ दशकअघि तेह्रथुमको सिम्लेमा जन्मेका योगवीरको पुर्ख्यौली पेसा आरनमा काम गर्ने थियो। योगवीरले त्यसैलाई निरन्तरता दिनु बाध्यात्मक परिस्थिति थियो। एक दशक उमेर पार नगर्दै योगवीर आरनसँग खेल्न थाले। यसैमा परिचित बने। 

आरनसँग उनको खेल आजसम्म उतिकै चलिरहेको छ। पाँच दशक आफ्नै जन्मथलोमा फलामे औजारमा ‘पाइन’ लगाएका योगवीर वर्तमानमा जन्मथलोभन्दा केही टाढा छन्। तर, नित्यकर्म उस्तै छन्। जन्मेका चार भाइ छोराले पुर्ख्यौली पेशा अंगालेनन्। उनीहरु बेँसी झरे।

गाँउमा उनी जेनतेन गरी श्रीमतीसँगै दैनिकी घचेटिरहेका थिए। दुर्भाग्य, अर्धाङ्नीको मृत्यु भयो। एक्लो जीवन निरस हुँदै गयो। आफन्त भन्ने जति कोही त्यहाँ रहेनन्। विरक्त जीवनलाई त्राण दिन उनी पाँचथर पुगे। दुई दिनको पैदल हिँडाइपछि उनी यहाँ आइपुगेका हुन्।

इलामबजार र पाँचथरको सिमाना हो राँकेबजार। योगवीरको आरन इलामसँग सिमाना जोडिएको पाँचथरको फाल्गुनन्द गाँउपालिकामा पर्छ। राँकेको मुख्य चोक पार गरी फिदिम लाग्दैगर्दा पाँच सय मिटर पार गरेपछि घाम र पानीबाट बच्न सकिने टहरो छ। मूलबाटोसँगै जोडिएको टहरोको पछाडीपट्टि योगवीरको टङटङ बिहानको ४ बजेदेखि साँझ आठ बजेसम्म निरन्तर जारी रहन्छ। 

आरन साँघुरो स्थानमा छ। आरनको डिलबाट भीर सुरु हुन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

तीन/चार जना उनका सेवाग्राही बिहानी प्रहरमा  आरनको डिलसम्म आइसकेका छन्। दर्जन बढी उनका ग्राहक भए भने बस्न ठाँउ पुग्दैन। यसै स्थानमा योगवीरको नित्यकर्म सदाझैं जारी छ।  

शीरको ढाकाटोपी उनको कपालको रौंसरह कालो भएको छ। बुढ्यौलीले गाला मुजा परेका छन्। आरनको कालोसँग भिड्दा हातखुट्टामा गहुँगोरोपन भेट्न मुस्किल छ। दौरा सुरुवालको ओरजिनल रंग उडिसकेको छ। केही थान औजारसँगै काठको बिँड बनाउन उनी तल्लीन छन्। एकसरो कपडाले पानी देख्न नपाएको महिनौं भयो।

जीविकोपार्जन गर्न धौधौ भएका उनलाई स्वास्थसम्बन्धी काम गर्ने फुर्सद र चासो कम छ। आराम समय पनि छैन उनलाई। योगवीरले एक दिन काम छोडे भने उनको मनमा हैरानी पैदा हुन्छ। मनको हैरानी जीविकोपार्जनसँग जोडिएको छ।

कोइलामा हावा भर्दैगर्दा धुवाँ उडिरहको थियो। उडेको धुलो हावाले उनकै अनुहारतिर फर्काउँथ्यो। सम्पत्ति भन्नु यही आरन हो। उनलाई यही आरनको बिछट्टै माया छ। बिहान चार बजेदेखि आरन धाउँछन्। मुस्किलले ५ सय रुपैयाँ जोहो गर्छन्। अनि अबेर राती कोल्टे पर्छन्। एक निद्रामा बिहान भइसक्छ। ‘सकेसम्म ४ बजे नै आरनमा आउँछु,’ उनले सुनाए। उठ्न सकेनन् भने उनको चार बजे अलि पर घचेट्छन्। 

जन्मथलोमा योगवीरले गरेको आरनमा बालीप्रथा थियो। राँकेमा झरेपछि बालीप्रथाबाट मुक्ति पाएका छन्। तर दुःख उस्तै छ। गरिबी दुर गर्न राँके आएका उनलाई अर्थले सोचेजस्तो साथ दिएन। गरिबी उनको अनन्य मित्र बनिदियो। गरिबीसँग दुख उनका आफन्त बनेका छन्। हँसिया, बञ्चरो, खुकुरी, कच्चियाले साथ छोड्न मान्दैनन्। आफन्तले छोडे,  दुःख र गरिबीले छोड्न मानेनन्।

यस बीचमा उनले फलामलाई रुपान्तरण गरी अनेकौं औजार बनाए। फलामको रुप परिवर्तन गरिदिए। फलामको जीवनलाई रुपान्तरण गर्ने योगवीरले आफ्नै जीवन भने रुपान्तरण गर्न सकेनन्। अनेकौं औजारमा ‘धार’ लगाए। तर आफ्नै जिन्दगीको धार बदल्नै सकेनन्। फलामलाई उनले वर्षौ, थिचे। उनलाई भाग्यले उस्तै गरी थिचिरह्यो। आजसम्म पनि थिचेको थिच्यै छ। 

‘युगल जोडी’ मा बज्रपातको सुरुवात प्रारम्भमा श्रीमती बिरामी भएपछि सुरु भयो। शरीर सुन्निने रोगबाट योगवीरकी श्रीमती सिकिस्त बनिन्। उपचारका लागि पूर्वाञ्चलमा नाम चलेका सबै अस्पताल पुर्‍याए। तर, निको भइनन्। उपल्लो स्तरका अस्पताल पुर्‍याउन आर्थिक जोहोले साथ दिएन। घरकै पिँढीमा उनको देहान्त भयो। तितो विगत सम्झदै योगवीरले भने, ‘श्रीमतीले छाडेर गई। छोराहरु साथमा भएनन्। त्यही स्थानमा बस्न मन लागेन।’ उनले थपे, ‘छोराहरु झापा-इलाम झरे। कुनै भारततिर लागे।’ 

एक्लो शरीरसहित राँकेमा दुःखजिलो गरेका योगवीरले पाँचथर र इलामका सर्वसाधारणका औजारमा ‘पाइन’ लगाएर गुन लगाएका छन्। उनको आरनमा पौवा, चौमता, चपेटासम्मका सर्वसाधारण आइपुग्छन्। जन्मथलोमा उनलाई कोइलाको समस्या थिएन। तर, यहाँ किन्नुपर्छ। उनले सुनाए, ‘कोइला किन्नुपर्दा कमाइ घट्छ।’ 

एक बोरा कोइलाले उनको व्यवसायमा एक दिन मात्र धान्छ। आरन रहेको स्थानलाई उनले मासिक पाँच सय भाडा बापत तिर्नुपर्छ। फलाम किन्नुपर्छ। ग्राहकले उनलाई कामअनुसारको पारिश्रमिक उपलब्ध गराउँछन्। बढ्दो महँगीलाई ग्राहकले दिएको पारिश्रमिक उनको लागि न्यून हुन्छ। गर्जो टार्न उनलाई धौधौ छ।

दिनभर फलाम र धुलोसँग खेलिरहेका उनलाई साँझ खानामा मासु पनि भइदिए हुन्थ्यो भन्ने लाग्छ। भान्सामा मासु पनि पाक्छ त? उनले हाँसो मिश्रित बोलीमा भने, ‘मासु खानलाई पैसा कहाँ पुग्नु?’ सादा खानालाई उनले छाकको ८० रुपैयाँ तिर्छन्। 

योगवीरका छोरा पुस्ताले नसम्हालेको आरन नाति पुस्ताले निरन्तरता दिने सम्भवना रहेन। अन्तिममा योगविरले सुनाए, ‘अब जन्मेकाले आरन देख्नै पाउँदैनन्।’

आरनका योगवीरले साँच्चिकै नाम अनुसारकै काम गरेका छन्। आरनका औजार र धुलोधुवाँसँग खेल्नु 'योग' हो उनको। यसमा अब्बल छन्। तर 'लक्ष्मी'ले लामो समय साथ दिँदिनन्। 'कुबेर' तर्केर हिँड्छन्।


 

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  ०६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
सबैसँग समन्वय गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु : सभामुख अर्याल शनिबार, जेठ २३, २०८३
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित शनिबार, जेठ २३, २०८३
‘देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ’: सञ्चारमन्त्री तिमिल्सिना शनिबार, जेठ २३, २०८३
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्