दुबई (एजेन्सी)– शारजाहमा भइरहेको टि–१० लिग क्रिकेटमा जहाँ पाकिस्तानका पूर्व क्रिकेटर शाहिद अफ्रिदीले ह्याट्रिक गरेका छन्, त्यही भारतका पूर्व प्रारम्भिक व्याट्सम्यान वीरेन्द्र सहवाग पहिलो बलमै आउट भए।
‘बुम–बुम’ को उपनामले चर्चित अफ्रिदीको उत्कृष्ट प्रदर्शनका कारण उनको टिम पख्तुन्सले विहिबार सहवागको टिम मराठा अरेवियन्सलाई २५ रनले पराजित गर्यो।
पख्तुन्सले पहिलो व्याटिङ गर्ने क्रममा १० ओभरमा ४ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो। फखर जमानले सर्वाधिक ४५ रन बनाएका थिए। उनले २२ बलमा तीन चौका र ३ छक्का प्रहार गरेका थिए। लियाम डाउसनले २३ बलमा ४४ रन बनाए। जसमा ३ चौका र ४ छक्का समावेश थियो। कप्तान अफ्रिदीले ६ बलमा १० रन बनाए। उनी रन आउट भए। मराठा अरेवियन्सबाट इमाद वासिमले सर्वाधिक २ विकेट लिए।
प्रत्युत्तरमा वीरुको टोली ९६ रन बनाउन मात्र सफल भयो। मराठाले ७ विकेट गुमायो। एलेक्स हेल्सले अविजित ५७ रन बनाए। एक समय टिमको स्कोर २ विकेटमा ४६ रनको अवस्थामा थियो। तर अफ्रिदीले पाँचौ ओभरमा आर रोसाउ, ड्वने ब्राभो र कप्तान वीरेन्द्र सहवागलाई पराजित गर्दै ह्याट्रिक पुरा गरे। रोसोउले ५ रन, ब्राभो र सहवाग शुन्यमा आउट भए। अफ्रिदीले २ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए। मोहम्मद इरफान र सोहेल खानले २–२ विकेट लिए। अफ्रिदी ‘म्यान अफ दि म्याच’ घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।