काठमाडौं– साफ यू–१५ गल्स च्याम्पियनसिपमा भाग लिन नेपाली टिम बंगालदेशतर्फ प्रस्थान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमलाई शुक्रबार विदाई गरेको हो।
प्रतियोगिता आइतबारदेखि बंगलादेशमा हुँदैछ। नेपालले पहिलो खेलमा आइतबार घरेलु टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पुस ४ मा भारत र पुस ६ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। सिंगल राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान र भारत समावेश छन्।
नेपाली टिम- करिना दाहाल, बितिशा राजवंशी, पुष्पा गुरुङ, सरिस्मा थापा, मनमाया विक, खुस्मा राई, सुरक्षा सिंह, रोशनी धिमाल, सरस्वती हमाल, प्रिति राई, अस्मिता चौधरी, सुस्मा तामाङ, मुना मगर, निकिता थोकर, सविता रानामगर, सुस्मा जिटी, अन्जली चन्द, अस्मिता दर्जी, अस्मिता गुरुङ, निकिता धमाल, सुप्रिया राजक, रिया बानु, झरना नगरकोटी।
प्रमुख प्रशिक्षक - गंगा गुरुङ
प्रशिक्षक- पारस चौधरी
गोलकिपर प्रशिक्षक - विनोद डंगोल
तस्बिर : एन्फा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।