काठमाडौँ- अस्ट्रेलिया प्रहरीले अस्ट्रेलियन ब्रोडकास्टिङ कोर्प (एबीसी)को सिड्नीस्थित मुख्यालयमा छापा मारेको छ।
सरकारी प्रसारण संस्थामा प्रहरी अधिकारीहरू दुई संवाददाता र समाचार निर्देशकको नाममा पक्राउ पूर्जी लिएर पुगेको बिबिसीले जनाएको छ।
अस्ट्रेलियन प्रहरी बलले अफगानिस्तानमा दुर्व्यवहार गरेको भनी छापिएको लेखका विषयमा प्रहरीले कारबाही चलाएको हो।
मंगलबार प्रहरीले न्युज कोर्पका पत्रकारको घरमा पनि खानतलासी गरेको थियो।
पत्रकार संघले यी दुई छापामारीले अस्ट्रेलियाको प्रेस स्वतन्त्रतामाथिको आक्रमण देखिएको टिप्पणी गरेको छ।
बिबिसीका अनुसार बुधबार सरकारले गरेको छापामारी सन् २०१७ मा प्रकाशित खोजी लेखहरूको सँगालो दी अफगान फाइल्ससँग सम्बन्धित छन्।
ती लेखमा अस्ट्रेलियन स्पेसल फोर्सेजले अफगानिस्तानमा अवैध हत्या र दुब्र्यवहार गरेको उल्लेख छ।
गोप्य रक्षा दस्तावेजहरूका सयौं पृष्ठ एबीसीलाई चुहाइएको आधारमा लेखहरू प्रकाशित गरिएका थिए।
अफगान फाइलहरू एबिसीले सन् २०१७ को जुलाई १० मा प्रकाशित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।