काठमाडौं– इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चर र ब्याट्सम्यान जासन रोएलाई १५ प्रतिशत म्याच फि जरीवाना गरिएको छ।
आइसिसीको आचार संहिताको लेभल-१ अन्तर्गत कारबाही गरिएको आइसिसीले जनाएको छ। गत सोमबार इंग्ल्यान्ड र पाकिस्तानबीचको खेलका दौरान अभद्र व्यवहार देखाएको भन्दै कारबाही गरिएको छ। यता पाकिस्तानका कप्तान सार्फराज अहमेद पनि कारबाहीमा परेका छन्।
पाकिस्तानले १४औं भरमा ब्याटिङ गरिरहदा मिसफिल्ड गरेपछि रोएले अभद्र व्यवाहार देखाएका थिए। जोफ्राले अम्पायरको निर्णयमा असहमति देखाएका थिए। २७ औं ओभरमा उनको बलिङलाई रेफ्रीले वाइड दिएका थिए।
यता पाकिस्तानका कप्तानलाई २० प्रतिशत म्याच फि जरिवाना गरिएको छ। उनले ढिला बलिङ गरिएका कारण कारबाही बेहोरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।