धनगढी : फारवेस्ट पशुपति कप फुटबल प्रतियोगितामा आयोजक फारवेस्ट पशुपति युवा क्लबले विजयी सुरुवात गरेको छ। बिहीबारदेखि सुरु प्रतियोगितामा पशुपतिले मदरल्याण्ड युवा क्लव जोनापुरलाई २–० ले हराएको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ५८ मिनेटमा दोस्रो हाफ भपेन्द्र बमले गोल गरेर पशुपीतलाघ अग्रता दिलाए। नरेन्द्र सिंहले ७५ औं मिनेटमा अर्को गोल गरेपछि पशुपति जिततर्फ लम्केको थियो।
१६ टिमले मले भाग लिएको प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ। विजेतालाई तीन लाख तथा उपविजेतालाई १ लाख ५० हजार प्रदान गरिनेछ। ५ विधामा उत्कृष्ट हुने खेलाडीलाई १०/१० हजार रुपैयाँ प्रदान गरिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।