बेइजिङ- चीनका राष्ट्रपति सी चिन फिङले बुधबारदेखि रूसको राजकीय भ्रमण गर्ने भएका छन्।
भ्रमणका क्रममा सीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायतका उच्च पदस्थ अधिकारीहरूसँग छलफल तथा भेटघाट गर्नेछन्। उनले सेन्ट पिटर्सवर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च (एसपिआइइएफ)मा सहभागिता जनाउने कार्यक्रम छ।
भ्रमणले राष्ट्रपति सी तथा उनका रूसी समकक्षी पुटिनबीच हुने भेटवार्ताले चीन–रूसबीचको रणनीतिक साझेदारी र सहकार्यलाई विस्तार गरी तथा नयाँ उचाइमा पुराउने विश्वास लिइएको छ। भ्रमणले द्विपक्षीय सम्बन्ध विस्तारका लागि नयाँ खाका अपेक्षासमेत गरिएको छ।
बितेका ५ वर्षयता चीन र रुसका राष्ट्रनायकबीच २० भन्दा बढी भेटघाटको अवसर जुरेको चीनले बताएको छ। ती भेटहरूले दुई देशबीच घनिष्ठ कार्यको सम्पर्क र गहिरो व्यक्तिगत मित्रताको पनि स्थापना गरेका दुवै देशका अधिकारीको बुझाई रहेको छ। उनीहरूको कूटनीति चीन–रुस सम्बन्धका लागि स्थिर र परिपक्व विशेषतामध्येको एक बनिसकेको देखिन्छ।
दौत्य सम्बन्ध कायम भएको सत्तरी वर्षको अवधिमा चीन–रुस सम्बन्धमा पनि ऐतिहासिक परिवर्तन आएको बताउने गरिएको छ। दुबै देशभित्रका विभिन्न परिवर्तनलगायतका विविध परीक्षामा सफलता मिलेको छ। चीन–रुसबीचको चौतर्फी रणनीतिक सहकार्यबाट दुई देशका जनताका साथैसमस्त विश्वको भावी विकासका लागि नयाँ सम्भावना ल्याउने अपेक्षा गरिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।