काठमाडौं– स्पेनिस महारथी क्लब रियल म्याड्रिडले स्ट्राइकर लुका जोभिकलाई भित्र्याएको छ। २१ वर्षीया सर्वियन स्ट्राइकर जोभिकलाई रियलले जर्मन क्लब फ्रान्कफर्टबाट भित्र्याएको हो।
उनीसँग ५० मिलियन पाउन्डमा सम्झौता गरिएको बताइएको छ। उनीसँग ६ वर्षको सम्झौता गरिएको छ।
जोभिले गत जुलाइमा मात्र फ्रान्सफर्टसँग सम्झौता गरका थिए। उनी २ वर्षका लागि लोनमा बेन्फिकाबाट भित्रिएका थिए। उनले फ्रान्कफर्टका लागि ४८ खेल खेल खेल्दा २७ गोल गरेका थिए। राष्ट्रिय टिमका लागि उनले ४ क्याप जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।