• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'शेरबहादुर देउवाको विकल्प रामचन्द्र पौडेल बन्न सक्नुहुन्छ' [भिडियो वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २८, २०७४  १५:४३
1140x725

प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा आइसकेको छ। जसमा ०७० सालको संविधानसभाको प्रमुख दल नेपाली कांग्रेस तेस्रो स्थानमा खुम्चिएको छ। समानुपातिकतर्फ पनि गणना अन्तिम चरण पुग्दा कांग्रेसले एमालेलाई पछ्याइरहेको छ। 

चुनावी प्रतिस्पर्धामा रहेको देशकै पुरानो दल कांग्रेस यो अवस्थामा किन पुग्यो? चुनावी परिणाम र त्यसले पार्टी नेतृत्वमाथि उठाएको प्रश्नबारे कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग सरोजराज अधिकारीले गरेको संवादः

तपाईंकै निर्वाचन क्षेत्र (काठमाडौं–८) बाट कुरा सुरु गरौं। उद्योगमन्त्री हुँदा तपाईंले राम्रै काम गर्नुभएको थियो। तर, किन पराजित हुने स्थिति आयो?

जे परिणाम आएको छ, सर्वप्रथम म त्यसलाई स्विकार्छु। आदरणीय मतदाताहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। निर्वाचनमा मैले भनेको थिएँ, मतदाता भनेका भगवान् हुन्। म वास्तवमा भित्रदेखि नै मान्छु। त्यो भगवानको तागत लोकतन्त्रले दिन्छ। त्यसैले कसैको जित र हारभन्दा पनि निर्वाचन नै प्रमुख विषय हो। 

नेपाली कांग्रेसले संविधान ल्याएको मात्रै होइन। यसको कार्यान्वयको लागि निर्वाचन भएको छ। लोकतान्त्रिक अभ्यास भएको छ। लोकतन्त्रलाई तल्लो तहसम्म पुर्‍याएको छ। यो आफैंमा ठूलो उपलब्धि हो। मलाई अहिले पनि के लाग्छ भने प्राविधिक रुपमा कसैले चुनाव जिते होलान्, तर वास्तविक रुपमा प्रतिनिधि म हुँ जस्तो लाग्छ। जसले जितेको छ, मैले उहाँलाई बधाई पनि दिएँ। तर मूल विषय के रह्यो भने कांग्रेसले जुन एलायन्स गर्‍यो नि, त्यही नै मेरो लागि घातको विषय भयो भन्ने मलाई लाग्छ। अपव्याख्या गरेर एलायन्सको दुरुपयोग गरियो। त्यो गलत भयो। 

मेरा मतदाताले मलाई साह्रै माया गरेका छन्। पहिला आएको मतभन्दा कम मत आएको छैन। त्यो क्षेत्रमा वामको ९/१० हजारभन्दा बढी मत आउने सम्भावना नै छैन, आज चुनाव भए पनि, भोलि चुनाव भए पनि। प्राविधिक रुपमा मैले सोचेकोभन्दा जुन चिजहरुको दुरुपयोग भयो, तर मैले चुनाव हारेकाले यसबारे विस्तृत रुपमा राख्दिनँ। कुनै दिन राखुँला। कुन–कुन संस्थाबाट कहाँ–कहाँबाट भए भन्ने कुरा राखुँला। तर, दुरुपयोग भयो। म राजनीतिमा इमानदारी र विचारमा प्रष्टता हुनुपर्छ भन्ठान्छु। म इमानदार भएर चुनाव लडेँ। चुनाव जित्नु ठूलो कुरा हो कि इमानदार भएर चुनाव लड्नु ठूलो कुरा हो, यसको इतिहासले मूल्यांकन गर्छ भन्ने मलाई विश्वास छ। मैले सारा युवालाई भनेँ– म प्रमाणित इमानदार व्यक्ति हुँ। मैले मन्त्री हुँदा त्यो कुरा गरेको छु भन्ने मलाई लागेको छ। मूल्यांकन तपाईंहरुले गर्नुस्। मलाई के लाग्छ भने जुन विचार मैले मेरो निर्वाचन क्षेत्रमा राखेँ, यो विचारले अझ ठूलो रुप लिँदै जान्छ। युवाहरुमा म जसरी पुग्नुपर्ने हो सकिनँ, त्यहाँ विवेकशीलले भोट काट्यो। मलाई अचम्म लाग्छ, विवेकशीलले खोजेको के हो भन्ने मैले बुझेको छैन। विवेकशीलले जसरी प्रजातान्त्रिक मत आकर्षित ग¥यो, मैले सकिनँ। तर, त्यसले कसलाई फाइदा पुग्यो भन्ने विश्लेषण हुँदै जान्छ। 

यसरी मैले हेर्दा आदरणीय मतदाताबाट मैले जुन रुपमा सहयोग, समर्थन र स्नेह पाएको छु, पाउँदै आएको छु। तर, केन्द्रीय रुपमा जुन खालको इम्प्रेसन नेतृत्व वर्गले दिनुपर्ने थियो, दिन नसकेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रत्यक्षतर्फको १६५ मध्ये कांग्रेस २३ सिटमा खुम्चिँदै तेस्रो दल बनेको छ। देशैभरि कांग्रेसका प्रभावशाली नेताहरु पराजित भएको अवस्था छ। यो अवस्था कसरी आयो?

इतिहासको कुनै–कुनै मोडमा यस्तो अवस्था आउँछ। यो स्थिति आउनुमा केही हाम्रा कमजोरी पनि छन्। पार्टीले सांगठनिक रुपमा गर्नुपर्ने कामहरु, संगठनलाई तदारुकताका साथ लैजानुपर्ने कामहरु गर्न सकेनौं। त्यसैले पार्टीका संगठनलाई पुनर्जीवन दिन आवश्यक छ। पार्टीलाई पुनर्गठन गर्न आवश्यक छ। विषयहरुमा बहस र छलफल निरन्तर रुपमा अगाडि बढाउँदै छौं। मलाई पनि अचम्म कहाँ लागेको छ भने, लोकतन्त्रका लागि जीवन सुम्पेका कार्यकर्ताहरुको पार्टी, इतिहासमा गौरव बोकेको पार्टी र अहिले पनि भर्खरै संविधान ल्याउनका लागि संयोजन गर्नसक्ने पार्टी, निर्वाचन गराउने पार्टी हुँदाहुँदै पनि क्षति बेहोर्नुपरेको छ।

मलाई लाग्छ, हामीले जनतालाई आफ्नो कुरा बुझाउन नसक्नु, संगठनात्मक रुपमा काम गर्न नसक्नु र नेतृत्व तहले जुन प्रभाव दिन सक्नुपर्थ्यो, त्यो दिन नसक्नु र पार्टीभित्र छलफल गरेर निष्कर्ष निकालेर नगरीकन नेतृत्वले मात्र जिम्मेवारी लिँदा त्यसको परिणाम के आउँछ भन्नेबारे विश्लेषण हुन सकेन। र त्यसबारे जनतालाई स्पष्टीकरण दिन सकेन। टिकट वितरण पनि सबैको सल्लाहमा हुनुपर्थ्यो। त्यसमा पनि समूहको आवाजले अलि बढी ठाउँ पायो भन्ने कुरा अवश्य पनि छँदैछ। मलाई लाग्छ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक हुनुभन्दा भिन्दाभिन्दै हुनुपर्ने थियो। 

भिन्दाभिन्दै गरेको भए परिणाम कसरी फरक आउँथ्यो?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फरक नतिजा आउँथ्यो। स्थानीय निर्वाचनपछि जुन विश्लेषण गर्नुपर्ने थियो, कहाँनेर हामी कमजोर भयौं, हाम्रो प्रस्तुति के छ, सुधार गर्नुपर्ने के छ भन्ने कुरामा हामीले वास्तवमा गहन विश्लेषण गर्न सकेका रहेनछौं। म अहिले पनि भन्छु, त्यो विश्लेषण गर्न सकेको भए अहिले जुन स्थिति बेहोर्नुपरेको छ, यो स्थितिबाट हामी निराश हुनुपर्ने आवश्यकता म देख्दिनँ। कांग्रेस त लडाकुहरुको पार्टी हो, लडेर आएको पार्टी हो। लोकतन्त्रका लागि जीवन समर्पण गरेर आएका कार्यकर्ताहरुको पार्टी हो। त्यो कुरालाई हामीले बाहिर ल्याउन सकेनौं। जस्तैः मैले चुनाव हार्नुको एक कारण, मैले आफूले गरेको काम भन्दै भनिनँ। मैले प्रतिपक्षलाई कहिल्यै गाली पनि गरिनँ। त्यही कुरामा मलाई प्रतिपक्षले यसले केही पनि गरेन भने। सारा मिडियालाई थाहा छ, मैले कति काम गरेँ–गरिनँ। मैले भन्ने कुरा हो र? विश्लेषण तपाईंले गर्नुभएको छ। प्रतिपक्षले बारम्बार के भने भने, नवीन्द्रराज जोशीले केही कामै गरेन। तर, मैले जवाफ दिनुपर्ने थियो। 

तपाईंहरुको माओवादीसँग सरकारमा गठबन्धन थियो। तर, माओवादी सरकारमा रहँदारहँदै त्यतिबेलाको मुख्य प्रतिपक्षी एमालेसँग एकाएक जाने कुरा, तपाईंहरुले रोक्न नसक्ने कुरा, सूचनासम्म थाहा नपाउने कुरामा कांग्रेस नेतृत्वको कमजोरी त देखियो नि!

मलाई के लाग्छ भने, सूचनामा कांग्रेसको ठूलो कमजोरी नै छ। सँगसँगै जुन सरकारमा म थिएँ, त्यो सरकारलाई कहिलेसम्म लाने र कहाँनेर उपयुक्त वातावरण बन्छ भन्ने कुरा गर्नुपर्ने थियो भन्ने मलाई लाग्छ। त्यो बेला बोलेको भए मन्त्रीको आयुको लागि भन्यो भन्ने अर्थ लाग्थ्यो होला। तर, त्यही सरकारलाई निरन्तरता दिन सक्ने वा पार्टी सभापतिले अर्कोे पटक बहुमतको सरकार हाँक्छु भनेर प्रचण्डलाई नै दिएको भए पनि हुन्थ्यो भन्ने कताकता आज लाग्छ। हुन त यो नतिजा आएपछिको कुरा होला, किनकि यसभन्दा अघि मैले बोलेको छैन। तर, शेरबहादुर दाइले मैले हेरेर उपयुक्त व्यक्तिलाई दिन्छु भनेको भए पार्टीको बहुमत आएपछि पार्टीभित्र छलफल हुन्थ्यो। त्यही अनुसार गइन्थ्यो। त्यहाँनेर हामी चुक्यौं। 

सरकारको नेतृत्व गर्ने ठाउँमा पुरानै व्यक्ति आउने पनि देखियो । प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले अबको प्रधानमन्त्री मै हुँ, ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्छ भनेको छ भन्ने खालको अभिव्यक्तिले कत्तिको असर गर्‍यो?

त्यस्ता अभिव्यक्तिले समेत असर गरेका छन्। प्रधानमन्त्री भएर प्रधानमन्त्री हुन्छु भन्दा पनि हाम्रा भावी कार्यक्रमका बारेमा, हाम्रा नाराका बारेमा, हाम्रा कामका बारेमा जनतालाई स्पष्ट गराएको भए हुने। जनतालाई प्रधानमन्त्री को हुन्छ भन्ने भन्दा पनि पार्टीले के गर्छ भन्ने विषय महत्वपूर्ण हो। त्यो महत्वलाई हामीले जति उठान गर्नुपर्ने हो, त्यो हामीबाट हुन सकेन। जसरी प्रतिपक्षले निरन्तर रुपमा हामीमाथि आक्रमण गर्‍यो, जे विषय उठान गर्‍यो, केन्द्रीय रुपबाट हामीले त्यसको जवाफ दिन सकेनौं। 

अब कांग्रेस कसरी अगाडि बढ्नुपर्छ, कांग्रेसले तत्काल गर्नुपर्ने काम के–के हुन्? 

तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्छ। गाउँ तहसम्म छलफल गर्नुपर्छ, गाउँमा के भयो, कांग्रेसभित्रको समस्या गाउँ तहबाटै आउनुपर्‍यो। सबै तहबाट समाधान खोज्न आवश्यक छ। जस्तोः स्वयं म नेपाल विद्यार्थी संघको राजनीतिबाट आएको हुँ, त्यस समयको नेविसंघमा चुनावको समय अर्कै चमक हुन्थ्यो। त्यस्तो आज म देख्दिनँ। महिला संघको क्रियाकलाप देख्दिनँ, तरुण दल कता गयो? त्यसैले यी संस्था राख्ने कि नराख्ने, प्रभावशाली बनाउने कि नबनाउने भन्ने प्रश्न मुख्य हो। 

तपार्इंहरु ४२ वर्षको व्यक्तिलाई नेविसंघ अध्यक्ष बनाउनुहुन्छ अनि?

मैले भन्न खोजेको कुरा पार्टीको पुनर्निर्माण, पुनर्संगठनभित्र पर्छ। तपाईंको प्रश्नको उत्तर पनि त्यसभित्र पर्छ। मैले काम गर्न सकेको छु भने मैले काम गर्न पाउनुपर्‍यो। सकिनँ भने अर्कोलाई दिनुपर्‍यो। अब विद्यार्थीको संगठनमा विद्यार्थीबाहेक अर्को नेता नराख्नुहोस्। तरुण दलमा त्यही गर्नुस्। मुख्य कुरा यो समूह र त्यो समूह भनेर अब चाहिँ भन्न हुँदैन। पार्टीको समष्टिगत रुपमा यसमा आजको दिनको कुरा हेर्दा विधान अनुसारको विभाग गठन भएको छैन, पदाधिकारी चयन भएका छैनन्। अनि कहाँबाट चल्छ संगठन? 

त्यसो भए शेरबहादुर देउवाको विकल्प रामचन्द्र पौडेल हुन सक्नुहुन्छ?
किन हुन नसक्नु? 

तपाईंको मानसिकता पनि परिवर्तन देखिएन, फेरि पनि पुरानो पुस्ताको विकल्प पुरानै चाहिने, युवा पुस्तामा हस्तान्तरण हुनुपर्दैन?

तपाईंको प्रश्नको जवाफ दिएको, रामचन्द्र दाइ हुन सक्नुहुन्छ, प्रकाशमान हुन सक्नुहुन्छ, मै हुनसक्छु। तर, दोस्रो पुस्तालाई दिने कि यही पुस्तालाई दिने, छलफल गरौं, निष्कर्ष निकालौं। चुनावी हारमा जिम्मेवार को–को छन् भनेर निष्कर्र्ष निकालौं। कांग्रेसका केन्द्रीय सदस्य धेरै कुरा बाहिर गर्ने, तर पार्टी भित्र राख्न नसक्ने, कुरा उठाउन नसक्ने छन्। त्यही कुरा पार्टीभित्र उठाउन आवश्यक छ, मैले राखेको छु। धेरै कुरा बाहिर आएन होला, म मिडियालाई भन्दै हिँड्दिनँ। तर, अब कांग्रेसको पुनर्गठन, पुनर्संरचना, पुनर्निर्माण हुनुपर्छ। बैठक गरौं, विश्लेषण त्यहीँ हुन्छ, विकल्प त्यहीँ निस्कन्छ। 

पार्टी सभापति एक्लैको दोष हुन्छ कि अरु शीर्ष नेताको पनि दोष हुन्छ?

दोष मेरो पनि होला, बढी जिम्मेवार पार्टी सभापति नै हुन्छ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्