• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उदित नारायण भन्छन्- संसारलाई थाहा छ, म नेपाली हुँ

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २८, २०७४  १४:१६
1140x725

मुम्बई– बलिउडका चर्चित ‘प्लेब्याक सिङ्गर’ उदित नारायण झा मुम्बईको लोखन्डवालास्थित स्काइभेन विल्डिङको ११०१ र ११०२ नम्बरको अपार्टमेन्टमा बस्छन्। पुरानो स्टारडमका कारण उनलाई भेट्न सोचे जति सजिलो छैन, तर जब उनी कसैसँग भेट्छन्, लाग्छ– उनी जत्तिको सहज व्यक्ति अरु कोही हुन सक्दैन। 

उनीसँगको पहिलो भेटमै आफूलाई बदनाम गराउन केही व्यक्ति नियोजितरुपमा लागेको भन्दै मन खिन्न बनाए। बेलाबेलामा उनको नागरिकताको विषयमा कुरा उठ्ने गरेको छ। उनले सुरुमै यसको खण्डन गर्न खोजे । भने, ‘मैले कहिल्यै म नेपाली होइन भनेको छैन । आज म जे छु, त्यो सबै नेपाल र नेपालीको मायाले हो।’

गीतको माध्यमले भारतीय संगीतमा उत्कृष्ट योगदान गरेको भन्दै उनलाई भारत सरकारले सबैभन्दा ठूलो पुरस्कार पद्म भुषणबाट गत वर्ष र सन् २००९ मा  पद्मश्रीबाट सम्मानित गर्‍यो । उनको विषयमा विवाद चुलिनुको अर्को कारण पनि यही हो। यतिबेला उनीमाथि नेपाली नागरिकता परित्याग गर्दै पुरस्कार ग्रहण गरेको आरोप लाग्दै अाएको छ। 

उनले यसको प्रष्टीकरण दिँदै भने, ‘म नेपाली भएको सारा संसारलाई थाहा छ। मैले लुकाउनुपर्ने केही छैन।’ 


पूर्व राष्ट्रपति प्रणव मुखर्जीसँग पद्म भुषण अवार्ड ग्रहण गर्दै


सप्तरीको भारदहमा जन्मिएका उदितले बाल्यकालमा त्यहीको भजन मन्डलीमा भजन गाएर संगीतकर्म सुरु गरेका थिए। 

भारतमा गीत गाएर नेपालीको नाम उच्च राखेको भन्दै उनी २०५८ सालमा प्रबल गोर्खा दक्षिण बाहुबाट सम्मानित भएका थिए। ‘राजा बीरेन्द्रबाट मैले गोर्खा दक्षिणबाहु प्राप्त गर्दा प्रवासमा बसेर काम गर्ने सबै नेपालीको मुटु गर्वले फुलेको थियो’, उनले अथ्र्याए।  

उदितले हाइस्कुल शिक्षा राजविराजमा पुरा गरे । थप अध्ययनका लागि काठमाडौं प्रवेश गरे । आरआर क्याम्पसमा अध्ययनरत रहँदा उनको करिअर रेडियो नेपालतर्फ मोडिएको थियो । भारतीय दूतावासले दिने छात्रवृत्तिमा उनी सन् १९७८ मा पढ्न मुम्बई आए।

मुम्बईस्थित भारतीय विद्या भवनमा संगीत सिक्ने क्रममा उनले थुप्रै दुःख पाए । एक पल्ट त नेपाल फर्किने मन बनाइसकेका थिए। 

‘ओहो, मुम्बईका मान्छे कति व्यस्त । मलाई त एक्लो महसुस भइसकेको थियो’, कुराकानीकै क्रममा पुरानो कुरा सम्झिएका उदित भन्दै थिए, ‘मैले रेडियो नेपालका दाइहरुलाई चिठी नै पठाएर यहाँ बस्न सक्दिनँ, नेपाल फर्किन्छु भनेको थिएँ।’ 

त्यतिबेला आफ्ना अग्रजले आफूलाई गाली गरेको उनी अहिले पनि सम्झन्छन्।

‘दाइहरुले मेरो चिठीको जवाफ ६ महिनापछि फर्काउनुभयो । त्यो पनि गाली गरेर’, उनले भने– ‘छात्रवृत्तिमा पढ्न गएको छौं । पढाइ नसकी नआऊँ । बरु दुःख सहेर बस।’

काठमाडौंबाट अग्रजहरुको यस्तो चिट्ठी आएपछि उनी असमञ्जसमा परेका थिए । ‘मलाई गाह्रो पर्‍यो । मुम्बईमै बसौं भने टिक्न गाह्रो । नेपाल फर्किऊ भने साथीभाई रिसाउने डर’, उनले भने, ‘त्यतिबेला मुम्बईमा मेरो अविभावक थिए, गायक मुरलीधर । उहाँले नै मलाई मुम्बईमा टिक्न सहयोग गर्नुभयो।’

उदितले कामको खोजीमा चप्पल लगाएर मुम्बईको अधिकांश स्टुडियो चहारेको कहानी पनि सुनाए ।

Ncell 2
Ncell 2
nimb
nimb

‘म सधैं कामको खोजीमा स्टुडियो बाहिर ढुकेर बस्थेँ । कसैले काम दिँदैनथे । थाकेर घर फर्किँदा खल्तीमा पैसा हुँदैन्थ्यो । कति दिन भोकै बसेको छु,’ उनी दुःखको दिन सम्झिँदा केही भावुक बने।  

लामो समय काम नपाउँदा उदित हतोत्साही भइसकेका थिए । उनलाई रत्तिभर विश्वास थिएन, मुम्बईमा कुनै ब्रेक पाइन्छ भनेर । तर, एकदिन मुरलीधरमार्फत चिनजान भएका नेपाली संगीतकार रञ्जित गजमेरले उनलाई स्टुडियो बोलाएछन् । वास्तवमा त्यो दिन गजमेरले नेपाली गीत गाउन उदितलाई बोलाएका थिए । त्यही दिन उनको भेट दिपासँग भएको थियो । पछि यी दुवै वैवाहिक बन्धनमा बाँधिए। 


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग परिवारका साथ


‘अहिले म जहाँ छु, सबै भगवान पशुपतिनाथको कृपा हो। नेपाली दर्शकले पनि मलाई ठूलो सम्मान र माया दिनुभएको छ,’ उनले भने। 

उदितले सन् १९८० मा पहिलो हिन्दी गीत राजेश रोशनको म्युजिक रहेकाे फिल्म ‘सन्नाटा’ मा ‘सुन जाने जा’ गाएका थिए । यसपछि केही छिटपुट गीत गाएका उनी सफल हुन सकेनन्। त्यतिबेला पनि उनी मानसिक तनावमा थिए। 

यति नै बेला एकदिन चर्चित कम्पोजर आनन्द–मिलनले एउटा सानो बजेटको फिल्म ‘कयामत से कयामत तक’ मा उनलाई गीत गाउने अफर दिए । सन् १९८८ मा प्रदर्शन भएको यो फिल्मको गीत यति ठूलो हिट सावित भयो, यसपछि उनले फर्किएर दुःखको दिन हेर्नु परेन् । आमिर खानको पहिलो फिल्म रहेको त्यही एउटा फिल्मले उनलाई उचाईमा पुर्यायो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

भारतका चर्चित गायक किशोर कुमारको निधनपछि उदितले लामो समय बलिउडमा राज गरे । उनले ‘दिलवाले दुलहनिया ले जाएगे’, ‘कुछ कुछ होता हे’, 'अनाडी', 'दिलजले' लगायत थुप्रै हिट फिल्ममा आफ्नो आवाजको जादु छरिसकेका छन् । सन् २००१ मा रिलिज भएको लगान, २००२ मा रिलिज भएको छोटे छोटे सपने हो, २००४ मा रिलिज भएको स्वदेशजस्ता फिल्मबाट उनले लगातार ३ पटक राष्ट्रिय पुरस्कार प्राप्त गरे।

उदितले नेपाली फिल्म ‘कुसुमे रुमाल’ मा पनि अभिनय गरे । उनी त्यो फिल्ममा हिरो बन्नुको कारण खोल्दै भन्छन्, ‘मलाई रञ्जित गजमेर दाजुले फिल्म खेल्न लगाउनुभयो । मैले नाइँ भन्न सकिनँ।’ 

पछिल्लो समय उदित भारतीय फिल्ममा त्यति सक्रिय देखिदैनन् । तर, उनी संगीतकर्ममा युवाहरु आएकोमा खुसी छन् । ३६ वटा विभिन्न भाषामा २५ हजारको हाराहारीमा गीत गाइसकेका ६१ वर्षीय यी गायक छुट्टिने बेला भन्दै थिए, ‘मैले भारतमा जे जति सफलता प्राप्त गरे । त्यो सबै नेपालीहरुको आशीर्वाद हो।’

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  १४:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्