पेरिस– पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेञ्च लिग कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा स्ट्रार्सवर्गलाई ४–२ ले पराजित गर्दै पिएसजी अन्तिम आठमा प्रवेश गरेको हो।
स्टार फरवार्ड नेइमार अनुपस्थित खेलमा पिएसजीका लागि एन्जेल डि मारिया, ड्यानी अल्भेस र ड्राक्सलरले एक–एक गोल गरे। त्यसअघि स्ट्रार्सवर्गका साल्मियरले आफ्नै पोस्टमा गोल गरेपछि पिएसजीले खेलमा अग्रता लिएको थियो।
नेइमार ३ दिनको छुट्टि लिएर ब्राजिल पुगेका हुन्।
जितसँगै पिएसजीले स्ट्रार्सवर्गसँग बदला समेत लिन सफल भएको छ। अघिल्लो महिना स्ट्रार्सवर्गले फेन्च लिग वानमा पिएसजीको १५ खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको थियो। सिजनमा पहिलो हार बेहोरेको पिएसजीका स्टार फरवार्डद्वय नेइमार र इडिन्सन काभानीले चुक्दा स्ट्रासबर्गले २–१ ले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।