युएई– स्पेनिस महारथी रियल म्याड्रिड फिफा क्लब विश्वकपको लगातार दोस्रो उपाधि नजिक पुगेको छ।
रियलले बुधबार भएको खेलमा युएईको अल जजिरा क्लबलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
खेलमा अग्रता भने अल जजिराले लियो। ४१ मिनेटमा रोमारिन्होले गोल गरेर अल जजिरालाई अग्रता दिलाए। ५३ मिनेटमा रोनाल्डोले बराबरी गोल फर्काए। ८१ मिनेटमा सब्सिच्युट खेलाडीको रुपमा मैदान आएका गारेथ बेलले गोल गरेर रियललाई जित दिलाए।
रोनाल्डोले क्लब विश्वकपमा गोल संख्या ६ पुर्याएका छन्। उनी क्लब विश्वकपमा बढी गोल गर्ने खेलाडीको पहिलो स्थानमा छन्।
रियलले अब उपाधिका लागि ब्राजिलियन क्लब ग्रेमियोसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
रियलले यसअघि सन् २०१६ मा उपाधि जितेको थियो। रियलले सन् २०१४ मा पनि उपाधि उचालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।