काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गरेको छ।
सोमबार भएको खेलमा गण्डकीले दिएको ३३५ रनको लक्ष्य प्रदेश ५ ले १ बल बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्यो। प्रदेश ५ को जितमा सौरभ खनालले ९० रनको योगदान दिए। मध्यक्रमका ब्याट्सम्यान सौरभले ११२ बलमा १२ चौका हिर्काए। प्रनित थापामागरले ४५ रन जोड्दा निश्चल चौधरीले ३३ रन बटुले। बलिङमा गण्डकीका किशोर महतोले २ विकेट लिए।
त्यसअघि अनिल गुरुङको शतकमा गण्डकीले ४ बल खेल्न बाँकी छदा २३४ रन जोड्यो। उसका लागि अनिलले ११५ रन जोडे। उनले १५२ बलमा ५ चौका र १ छक्का हिर्काए। दीपेश श्रेष्ठले २८ रन र गोविन्द प्रधानले २६ रन जोडे। बलिङमा प्रदेश ५ का अनिल खरेलले ५ विकेट लिए।
जितपछि पनि प्रदेश ५ समूह चरणबाट बाहिरियो। समूह एमा प्रदेश ३ ले ४ खेलबाट ६ अंक जोड्दा एपिएफले पनि ६ अंक नै बटुल्यो। प्रदेश ५ ले ५ अंक जोड्दा समूह चरणबाट बाहिरिन बाध्य भयो। प्रदेश ५ ले यसअघि एपिएफलाई पनि हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।