काठमाडौं- भारतीय वायुसेनाको मालवाहक विमान एन-३२ चिनियाँ सिमानामा सम्पर्कविहीन भएको छ।
विमानसँग दिउँसो १ बजेदेखि सम्पर्क टुटेको हो। एएन ३२ विमानले असमको जोरहाटबाट मध्यान्ह १२ बजेर २५ मिनेटमा ८ चालक दलका सदस्य र ५ यात्रुसहित उडान भरेको थियो।
बेपत्ता विमानको खोजी भइरहेको बिबिसी हिन्दीले जनाएको छ।
विमान अरुणाचल प्रदेशको मेङ्चुका एडभान्स ल्यान्डिङ ग्राउन्डमा अवतरण गर्नुपर्ने थियो।
ल्यान्डिङ ग्राउन्ड क्षेत्र चीनको सिमाना नजिकै छ।
वायुसेनाले विमानको खोजी अभियानलाई तीव्र बनाएको छ।
यो इलाका पहाडी र दुर्गम रहेकाले विमान खोज्न समस्या भईरहेको छ।
मौसम खराब भएकाले उद्धार अभियानलाई खोजीमा समस्या भएको बिबिसीले उल्लेख गरेको छ।
बेपत्ता विमान रूसमा डिजाइन गरेको हो।
चार दशकदेखि उक्त विमान भारतीय वायु सेनाले प्रयोग गर्दै आएको थियो।
बेपत्ता विमानको खोजीका लागि वायुसेनाले सुखोई-३० लडाकु विमान र सी १३० विशेष अपरेशन विमान पठाएको छ।
रक्षामन्त्री राजनाथ सिंहले वायुसेनाका सह प्रमुख एयर मार्सल राकेश सिंह भदौरियासँग कुरा गरेका छन्।
रक्षा मन्त्री सिंहले ट्विट गरेर यसको जानकारी दिएका छन्।
.png)
उनले विमानमा सवार सबै मानिसको सुरक्षित अवतरणको कामना पनि गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।