काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले लोकतन्त्र विरोधीले सांसदलाई दिने बजेटको विरोध गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभामा बजेटमाथिको छलफल कार्यक्रममा सोमबार भग लिँदै अधिकारीले स्थानीय साझेदारी विकास कार्यक्रमलाई सांसद विकास कोषजस्तै गरेर विरोध गरिएको दाबी गरे।
'स्थानीय साझेदारी बिकास कार्यक्रमलाई सांसद विकास कोष जस्तै विरोध गरिएको छ,’ उनले भने, ‘यसले लोकतन्त्रलाई बलियो बनाउने, जनतासँग संवाद बढाउने काम गर्छ। लोकतन्त्र बलियो हुन नदिन, लोकतन्त्रका विरोधीले जनप्रतिनिधिलाई बदनाम गर्न यसको विरोध गरिएको छ।’
उनले दक्षिण एसियाका अधिकांश देशमा सांसदलाई बजेट दिने गरिएको दाबी समेत पेस गरे।
सकारले आर्थिक वर्ष २०७६/०७७ मा संघीय सांसद, प्रदेश सांसद र स्थानीय सरकारका प्रतिनिधिको सहभागितामा खर्च गर्न पाउने गरि प्रत्येक निर्वाचन क्षेत्रमा ६ करोड बजेट विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।