काठमाडौं– समानुपातिकतर्फ ६२ लाख ३ हजार ९ सय ५० मत गणना गर्दा नेकपा एमाले अग्रस्थानमा कायमै छ। एमालेले २२ लाख ४४ हजार ४ सय ७७ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ लाख ५५ हजार ३ सय ६६ मत प्राप्त गरेको छ। तेस्रोमा रहेको माओवादी केन्द्रले ८ लाख ९० हजार ८ सय ३३ मत पाएको छ।
माओवादीपछि उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमले बढी मत पाएको छ। उसले २ लाख ९१ हजार ३ सय ६५ मत पुर्याएको छ। अर्को मधेश केन्द्रित दल राजपाले उसलाई पछ्यारहेको छ। राजपाले २ लाख ३२ हजार ६ सय ५१ मत प्राप्त गरेको छ।
अघिल्लो संविधानसभामा समानुपातिकतर्फ उल्लेख्य मत पाएको कमल थापाको राप्रपा अहिले छैटौं नम्बरमा छ। राप्रपाले १ लाख ४८ हजार ९ सय ५२ मत पुर्याएको छ। राप्रपापछि विवेकशील साझा पार्टीले १ लाख ४६ हजार २ सय ८४ मत पाएको छ।
बाबुराम भट्टराईको नयाँ शक्तिले आठौं नम्बरमा छ। नयाँ शक्तिले ६२ हजार २ सय ६० मत पाएको छ। राप्रपासँग अलग भएको राप्रपा प्रजातान्त्रिकले ५१ हजार ३ सय ८१ मत पाएको छ।
यस्तै, चित्रबहादुर केसीको नेतृत्वमा रहेको राष्ट्रिय जनमोर्चाले ३७ हजार ७ सय ३४ मत ल्याएको छ। अन्यको स्थानमा २ लाख २१ हजार ३ सय १७ मत खसेको छ। ५ बजेसम्मको परिणाम अनुसार एमाले, कांग्रेस , माओवादी केन्द्रले मात्र ३ प्रतिशत थ्रेसहोल्ड कटाएका छन् भने संघीय समाजवादी र राजापा थ्रेसहोल्ड कटाउने क्रममा अघि बढेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।