मोहाली– रोहित शर्माले एक दिवसीय क्रिकेटमा तेस्रो दोहोरो शतक पूरा गरेका छन्। नियमित कप्तान विराट कोहली विवाहका कारण श्रीलंका विरुद्ध एक दिवसीय शृंखलामा अनुपस्थित छन्।
उनको स्थानमा कप्तानी गरिरहेका रोहितले मोहालीको दोस्रो एक दिवसीयमा १ सय ५३ बलमा १३ चौका र १२ छक्काको सहयोगले अविजित २ सय ८ रन बनाए। एक दिवसीय क्रिकेटमा तेस्रो पल्ट दोहोरो शतक बनाउने उनी एक मात्र व्याट्सम्यान हुन्। उनले सन् २०१३ मा पहिलो पल्ट अस्ट्रेलिया विरुद्ध २ सय ९ रन बनाएका थिए। सन् २०१४ मा उनले श्रीलंका विरुद्ध नै कोलकाताको इडेन गार्डेनमा २ सय ६४ रन बनाएका थिए।
रोहितले बुधबार भएको खेलमा पछिल्लो सय रन ३५ बलमै पूरा गरेका थिए। युवा खेलाडी श्रेयश अय्यर (८८) र शिखर धवन (६८) ले पनि अर्धसतक बनाएका थिए। भारतले पहिलो इनिङमा ४ विकेट गुमाएर ३ सय ९२ रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।