बेइजिङ- चीनले 'चीन–अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान' सम्बन्धमा श्वेतपत्र सार्वजनिक गरेको छ।
चीनको राज्य परिषद्को प्रेस कार्यालयले आइतबार जारी गरेको श्वेतपत्रमा चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक छलफलमा अमेरिकाले ३ पटक आफ्नो वचन उल्लङ्घन गरेको बताइएको छ।
चीनले सहयोगको तरिकामार्फत यस संघर्षको समाधान गर्दै पारस्परिक हित तथा साझा फाइदा पाउने इच्छा लिएको छ। तर पनि सहयोगको सिद्धान्त छ भने छलफलको पनि आधार छ। महत्वपूर्ण सैद्धान्तिक समस्यामा चीनले दृढताका साथ सहुलियत दिने छैन।
सो श्वेत–पत्रमा भनिएको छ, 'अमेरिकाको भन्सार कर असुलीले आफू र अरू दुवैका लागि क्षति पुर्याएको, चालू वर्षको अप्रिलसम्म चीनबाट अमेरिकालाई निर्यात गरेको परिमाण लगातार ५ महिनासम्म घट्दै आएको देखिएको तर अमेरिकाले चीनलाई निर्यात गरेको परिमाण लगातार ८ महिनासम्म घटिरहेको देखिन्छ। व्यापार द्वन्द्वबाट अमेरिका फेरि महान भएको छैन।'
आर्थिक व्यापारिक सम्झौता सम्मान र दुवै पक्षको हितको आधारमा हुनुपर्छ भन्ने दाबी पत्रमा उल्लेख छ।
चीनले भनेको छ, 'चीनको मुख्य हितसँग सम्बन्धित महत्वपूर्ण सिद्धान्तबारेमा चीन सम्झौता गर्दैन र दुई पक्ष बीच सम्झौताको पूर्वाधार भनेको अमेरिकाले असुलेको सबै भन्सार कर रद्द गर्ने साथै सम्पन्न हुने सम्झौता सन्तुलित हुने र दुवै पक्षको साझा हितअनुकूल हुनुपर्छ भन्ने हो।'
दुई मुलुकबीच आर्थिक तथा व्यापारिक द्वन्द्व तथा मतभेदको समाधान अन्त्यमा वार्ता र छलफलद्वारा गर्नुभन्दा राम्रो विकल्प नरहेको पनि श्वेत पत्रको निष्कर्ष छ।
बेइजिङ तथा वासिङ्टनले आपसी हितका लागि दुवै पक्षको विजयी व्यापार विवाद अन्त्यका लागि छलफल र दुवैलाई मान्य हुनेगरी सन्धि गर्नु नै हो र यसबाट दुई मुलुकको फाइदा र विश्वका विभिन्न मुलुकको अपेक्षा अनूकुल विश्व अर्थतन्त्रमा टेवा पुग्नेमा श्वेत पत्रले जोड दिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।