खोटाङ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ।
समानुपातिकतर्फ खोटाङमा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेर पहिलो बनेको छ । कूल एक लाख २५ हजार १०८ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको समानुपातिकतर्फ एमालेले २४ हजार १३४ मत र नेपाली काँग्रेसले २० हजार ७१८ मत प्राप्त गरेको छ।
यसैगरी नेकपा ९माओवादी केन्द्र०ले १२ हजार ४३३, संघीय समाजवादी फोरम नेपालले दुई हजार ४०५, राप्रपाले ९३२, नयाँ शक्ति नेपालले ७२७, नेकपा मालेले ५६६ र राप्रपा प्रजातान्त्रिकले ३०६ मत पाएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताए।
प्रदेशसभा सदस्यको समानुपातिकतर्फ एमालेले २१ हजार ३४९, काँग्रेसले १६ हजार ८६१, माओवादी केन्द्रले १३ हजार ५२०, राप्रपाले तीन हजार १७२, संघीय समाजवादीले दुई हजार १४१ र नेकपा मालेले ९६९ मत पाएको छ।
यस्तै, नयाँ शक्तिले ७५४, राप्रपा प्रजातान्त्रिकले ६६८, राजपाले ४०४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (क) मा ३६ हजार ५५४ र ९ख० मा ३४ हजार ६९८ मत खसेको थियो । तीमध्ये प्रतिनिधिसभातर्फ सात हजार ८५९ र प्रदेशसभातर्फ दश हजार ५४६ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए।
त्यस्तै प्रत्यक्षतर्फको निर्वाचनमा सात हजार ७८१ मत बदर भएको जनाइएको छ । भौगालिक रुपमा विकट मानिएको पूर्वी पहाडी जिल्ला खोटाङमा मतदाता शिक्षा प्रभावकारी नहुँदा बढी मात्रामा मत बदर भएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।