दाङ – प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने सबैभन्दा बढी मत प्राप्त भएको छ।
तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको काँग्रेस क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा सदस्य ९क० मा विजयी हुनुका साथै समानुपातिकतर्फ जिल्लामा पहिलो पार्टी भएको छ । मंगलबार राति सकिएको मत गणनाको परिणामअनुसार प्रतिनिधिसभातर्फ दाङमा नेपाली काँग्रेसलाई ७३ हजार ९९३ मत प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विजय कार्कीले जानकारी दिए।
उनका अनुसार दोस्रोमा रहेको नेकपा एमालेले ७३ हजार ११ मत प्राप्त गरेको छ भने माओवादी केन्द्रले ४३ हजार १९५ मत मात्रै प्राप्त भएको प्रमुख कार्कीले बताए। त्यस्तै, प्रदेशसभा सदस्यमा काँग्रेसले ६९ हजार ६५, एमालेले ६५ हजार १६७ र माओवादी केन्द्रले ४६ हजार ८१७ मत प्राप्त गरेका छन्। जिल्लामा समानुपातिकतर्फ ९ दशमलव ५९ प्रतिशत मत बदर भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।