काठमाडौं- मलेसियाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। आइतबार मलेसियाको बुकित जलिल रंगशालामा भएको खेलमा नेपाललाई घरेलु टिम मलेसियाले २-० ले पराजित गरेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै नेपाल पछि परेको थियो। खेलको ५० मिनेटमा मलेसियाले पेनाल्टीमा गोल गरेर अग्रता लिएको थियो। नेपालका डिफेन्डर अनन्त तामाङले फल गरेपछि मलेसियाले पेनाल्टीको अवसर पाएको थियो। जसमा मलेसियाका मोहमद रसिदले गोल गरे।
८१ मिनेटमा मलेसियाले अग्रता दोब्बर पारेको थियो। मलेसियाका लागि सहारुल मोहमद सादले हेडमार्फत गोल गरेका थिए। उनले फ्रिकिक बलम गोल गरेपछि मलेसिया जिततर्फ लम्किएको थियो।

फिफा वरीयतामा नेपाल भन्दा पछि रहेपछि खेल मलेसियाले नियन्त्रणमा लिएको थियो। खेल अवधिभर नेपालले सम्झनलायक आक्रमण गर्न सकेन। फिफा वरीयतामा नेपाल १६१ र मलेसिया १६८ स्थानमा छन्।
अब नेपालले २३ जेठमा अर्को मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेइसँग खेल्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।