सुनसरी- सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार ३ सय २१ मतले विजयी भएका छन्।
नेकपा एमालेकी भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याउँदा गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे। विभिन्न विवादका बीच बीचबीचमा स्थगित हुँदै भएको गणना केहीबेरअघि मात्रै सकिएको हो। प्रतिनिधिसभाको १६४ वटा निर्वाचन क्षेत्रकै अन्तिम नतिजा आइसकेकोमा गच्छदार अन्तिम निर्वाचित सांसद बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।