काठमाडौं- यति एयरलायन्सको प्रबन्ध निर्देशकमा चन्दा शेर्पा नियुक्त भएकी छिन्। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनपछि उनकी पत्नी चन्दालाई उक्त पदमा नियुक्त गरिएको हो।
चन्दा यति एडभेञ्चरकी पनि प्रमुख पनि हुन्।
एयरलाइन्सको कार्यकारी अध्यक्षमा भने लाक्पा सोनाम शेर्पा नियुक्त भएका छन्।
सोनाम आङछिरिङका दाजु हुन्।
यसैगरी कम्पनीको उपप्रबन्ध निर्देशमा नोर्बुछिरिङ शेर्पा, समूहको कार्यकारी निर्देशकमा विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृतमा उमेशचन्द्र राई र आर्थिक निर्देशकमा अनोज रिमाल नियुक्त भएका छन्।
यति आन्तरिक उडानमा दोस्रो बजा हिसा ओगट्न सफल वायुसेवा कम्पनी हो। अहिले यतिसँग एटिआर ७२-५०० जहाज चार वटा र जेटस्ट्रिम–४१ सिरिजका पाँच जहाज छन्।
अर्को कम्पनी तारा एअरका २ वटा डोर्नियर डिओ २२८ र चार वटा डिएचसी, ६ ट्विनअटर विमान छन्। कम्पनीले जेठ महिनाभित्र अर्को एउटा एटिआर विमान भित्र्याउँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।