काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता नेपाल पुलिस क्लब समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ।
समूह 'बी' को खेलमा पुलिसले प्रदेश २ लाई २४४ रनको फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। पराजयसँगै प्रदेश २ भने समूह चरणबाट बाहिरिएको छ। पुलिससँग समूह उपविजेता बनेर त्रिभुवन आर्मी क्लब पनि सेमिफाइनलमा पुग्यो।
समूह 'बी' को सबै खेल सकिदा पुलिसले ४ खेलबाट ८ अंक जोड्यो। दोस्रो स्थानको आर्मीको ६ अंक र तेस्रो स्थानको प्रदेश २ को ४ अंक छ। चौथो स्थानको प्रदेश १ ले २ अंक जोड्दा सबै खेल गुमाएको कर्णाली पुछारमा रह्यो।
आइतबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५३ रन जोड्यो। पुलिसका लागि अमित श्रेष्ठले ४२ बलमा ५० रन जोडे भने सुनिल धमलाले ४३ रनको योगदान दिए। अनिसकुमार साहले ३७ रन तथा कुशल भुर्तेलले ३५ रन जोडे। बलिङमा प्रदेश २ का राहुलप्रताप सिंहले ४ विकेट लिए। रासिद खानको नाममा २ विकेट रह्यो।
२ सय ५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २९ ओभरमा अलआउट हुँदा ९७ रन मात्र जोड्न सक्यो। उसका लागि कप्तान मेहबुब अलामले सबैभन्दा बढी २१ रन जोडे। बलिङमा पुलिसका दीपेन्द्रसिंह ऐरीले ५ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा २८ रन दिए। ऐरी खेलको म्यान अफ दि म्याच भए। ललितनारायण राजवंशीले ३ विकेट लिन सफल भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।