काठमाडौं– दक्षिण एसियाली फुटवल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुङ्गो लगाएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको जानकारी अनुसार साफको १३ औ संस्करण बंगलादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखी १५ सम्म हुनेछ।
अल इन्डिया फुटबल फेडरेशनले प्रतियोगिताको मिति सार्न अनुरोध गरेपछि दक्षिण एसियाली फुटबल महासंघले प्रतियोगिता अर्को बर्ष गर्ने निर्णय गरेको छ।
इन्डिया प्रतियोगिताको साविक विजेता हो। प्रतियोगितामा दक्षिण एसियाली महादेशका ७ टिमले सहभागिता जनाउनेछन्। प्रतियोगितामा अफगानिस्तान बाहेकका अन्य टोलीले सहभागिता जनाउनेछन्। उसले यस क्षेत्रबाट सदस्यता सार्दै सेन्ट्रल एसियामा प्रवेश गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।