तेह्रथुम – तेह्रथुममा समानुपातिकतर्फको पनि मत परिणाम सार्वजनिक भएको छ। प्रत्यक्षतर्फ सबै सिट जितेको नेकपा एमाले समानुपातिकतर्फ पनि पहिलो पार्टी बनेको छ।
समानुपातिकतर्फ प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ एमाले पहिलो, काँग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो पार्टी बनेका छन्।
प्रतिनिधिसभातर्फ कूल खसेको मत ४४ हजार २२२ मध्ये दुई हजार ९६७ मत बदर भएको छ । सदर मत ४१ हजार २५५ मध्ये नेकपा एमालेले १८ हजार ४१८ मत प्राप्त गर्दै पहिलो पार्टी बनेको हो । नेपाली काँग्रेसले १६ हजार नौ मत प्राप्त गरेको छ।
नेकपा माओवादी केन्द्रले तीन हजार तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान् मञ्चले एक हजार ५८२ मत पाएको छ। नयाँ शक्ति नेपालले ६०५, राष्ट्रिय जनमुक्ति पार्टीले ३०५, विवेकशील साझा पार्टीलाई २६९ र संघीय समाजवादी फोरमले २१२ मत पाएको छ।
राप्रपाले १५८, राप्रपा प्रजातान्त्रिकले १२०, नेकपा मालेले १११, नेपाली जनता दलले ११६ मत पाएको छ। आमूल परिवर्तन मसिहा पार्टीले ८५, मंगोल नेशनल अर्गनाइजेशनले ३८, देशभक्त जनगणतान्त्रिकले ५२, राप्रपा राष्ट्रवादीले ३६, राष्ट्रिय जनमोर्चाले २४, नेपाल मजदुर किसान पार्टीले २०, राजपा नेपालले ११ मत पाएका छन्। अन्य २० राजनीतिक दलले १० मत कटाउन सकेका छैनन् भने नौ राजनीतिक दलको अवस्था शून्य देखिएको छ।
प्रदेशसभा–१ मा नेकपा एमालेले नौ हजार ७८० मत पाएको छ । काँग्रेसले आठ हजार ५७७, माओवादी केन्द्रले एक हजार ४३८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ९६६ मत पाएका छन्। उम्मेदवार नै नभएको विवेकशील साझा पार्टीले प्रदेशसभामा पनि १५४ मत पाएको छ भने राष्ट्रिय जनमुक्ति पार्टीले १७३, संघीय समाजवादी फोरमले १२३, नयाँ शक्ति पार्टी नेपालले १४६ र राप्रपाले ११७ मत पाएका छन्।
प्रदेशसभा–२ मा नेकपा एमालेले सात हजार ९२८ मत पाएको छ। काँग्रेसले ६ हजार १८६, माओवादी केन्द्रले एक हजार ३७८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार ४१ मत प्राप्त गरेको छ । संघीय समाजवादी फोरमले ११४ र नयाँ शक्ति पार्टीले ३१० मत पाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार साँझ मत गणना सकेर परिणाम घोषणा गरेको हो । प्रदेश सभा–१ मा १९ हजार १ सय ९ सय ५८ र प्रदेशसभा–२ मा २४ हजार २६४ मत खसेको थियो । जिल्लामा कूल ६६ हजार ६६७ जना मतदाता रहेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।