नयाँ दिल्ली- मोदी सरकारको नयाँ मन्त्रिपरिषद्मा सम्मिलित ५६ मन्त्रीमध्ये ५१ जना करोडपति छन्। बाँकी २२ जना आपराधिक मामलामा मुछिएको एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडिआर) ले जनाएको छ।
आइएएनएसको रिपोर्ट अनुसार नवगठित सरकारमा ५१ जना त करोडपति छन्। यीमध्ये सबैभन्दा धनी शिरोमणि अकाली दलका हरसिमरत कौर बादल छन्। उनको सम्पत्ति २ सय १७ करोड रुपैयाँ छ। हरसिमरतपछि महराष्ट्रका राज्यसभा सांसद पीयूष गोयलका सम्पत्ति ९५ करोड रुपैयाँ छ। गुरुग्रामबाट निर्वाचित राव इन्द्रजित सिंह तेस्रा धनी मन्त्री हुन्। उनको सम्पत्ति ४२ करोड रुपैयाँ रहेको छ।
चौथो धनी मन्त्री हुन्, अमित शाह। उनको सम्पत्ति ४० करोड छ।
प्रधानमन्त्री नरेन्द्र मोदी यो सूचीमा ४६औं नम्बरमा छन्। मोदीसँग २ करोड रुपैयाँको सम्पत्ति रहेको रिपोर्टले जनाइएको छ।
करिब १० मन्त्रीसँग मोदीको भन्दा कम सम्पत्ति छ। उनीहरुमा बिकानेरका सांसद अर्जुन राम मेघवाल, मध्यप्रदेश मोरनियाका सांसद नरेन्द्रसिंह तोमर रहेका छन्। उनीहरुको सम्पत्ति झन्डै २ करोड रुपैयाँ छ।
मुजफ्फरनगरका सांसद सञ्जीव कुमार बालियान, अरुणाचल पश्चिमका सांसद किरण रिजिजू र उत्तर प्रदेश फतेहपुरका सांसद साध्वी निरन्जन ज्योतिले आफ्नो सम्पत्ति करिब एक करोड रुपैयाँ रहेको बताएका छन्।
करोडपतिको सूचीमा नपर्ने मन्त्रीहरुमा बंगाल रायगन्जका सांसद देवाश्री चौधरी (६१ लाख), आसाम डिब्रूगढका सांसद रामेश्वर तेली (४३ लाख), केरलाका सांसद बी मुरलीधरन (२७ लाख), राजस्थान बाडमेरका सांसद कैलाश चौधरी (२४ लाख) र ओडिसा बालासोरका सांसद प्रतापचन्द्र सारंगी (१३ लाख) परेका छन्।
एडिआरका अनुसार ८ मन्त्रीले आफ्नो शैक्षिक योग्यता १० देखि १२ कक्षाको बीचमा उल्लेख गरेका छन्। ४७ जना स्नातक रहेका छन् भने एक मन्त्री डिप्लोमा पास रहेका छन्।
एडिआरले प्रधानमन्त्री मोदीसमेत ५८ मन्त्रीमध्ये ५६ जनाको सम्पत्ति विवरणको विश्लेषण गरेको हो। जनमा लोकसभा र राज्यसभा दुवैका सदस्य रहेका छन्।
लोक जनशक्ति पार्टी (लोजपा) अध्यक्ष तथा उपभोक्ता मामलामन्त्री रामविलास पासवान र विदेशमन्त्री एस जयशंकरको बारेमा विश्लेषण गरिएको छैन। किनकि यी दुवै हाल संसदका सदस्य छैनन्।
आपराधिक मामलामा संलग्न
नरेन्द्र मोदीको मन्त्रिपरिषद्मा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न पनि रहेका छन्।
भारतीय मिडियाबाट साभार
६ मन्त्रीहरुमाथि धर्म, जाति, जन्मस्थान, निवास र भाषाका आधारमा विभिन्न समुदायबीचको सौहार्द बिगार्ने मामलामा संलग्न रहेको आरोप छ। मन्त्री गिरिराज सिंह र अश्विनी कुमार चौबेका विरुद्ध आचारसंहिता उल्लंघनको उजुरी परेको छ।
५६ मन्त्रीमध्ये २२ जनाले आफ्नाविरुद्ध आपराधिक क्रियाकलापमा संलग्न भएको उजुरी परे जानकारी दिएका छन्। जसमध्ये १६ जना गम्भीर आपराधिक मामलामा संलग्न भएको खुलेको छ। जसमा हत्या प्रयास, साम्प्रदायिकता भड्काउने र चुनाव उल्लंघन जस्ता गतिविधि रहेका छन्।
एडिआरका अनुसार ५१ अर्थात् ९१ प्रतिशत मन्त्री करोडपति छन्। औसत हरमन्त्रीसँग १४ दशमलव ७२ करोड रुपैयाँको सम्पत्ति रहेको छ।
गृहमन्त्री अमित शाह, रेलमन्त्री पीयूष गोयल र अकाली दलका हरसिमरत कौर बादलसमेत चार मन्त्रीले ४० करोड रुपैयाँभन्दा बढी सम्पत्ति रहेको विवरण पेस गरेका छन्।
मन्त्रीहरुमध्ये ओडिशाका प्रतापचन्द्र सारंगीका विरुद्ध ७ गम्भीर घटनामा संलग्न भएको उजुरी छ। उनको साथमा मात्र १५ हजार रुपैयाँ नगद रहेक विवरणमा उल्लेख छ। उनको चल सम्पत्ति डेढ लाख रुपैयाँ र अचल सम्पत्ति कुल १३ लाख लाख रुपैयाँ रहेको छ। (द वायरबाट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।