काठमाडौं–प्रतिनिधिसभाको समानुपातिकतर्फको करिब ४० प्रतिशत मतगणना सम्पन्न भएको छ। एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये ४१ लाख २५ हजार ६१ मत गणना भइसकेको छ।
समानुपातिकमा पनि एमालेले अग्रता बढाउदै लगेको छ। एमाले कांग्रेसभन्दा ९० हजार मतले अघि छ। पहिला चौथो स्थानमा रहेको विवेकशिल साझा छैंठौं स्थानमा धकेलिएको छ।
हेर्नुहोस् कसको कति मत ?
एमाले– १४ लाख ९१ हजार ५ सय १
कांग्रेस– १४ लाख १ हजार १ सय ८
माओवादी केन्द्र– ५ लाख १९ हजार ४ सय ७७
संघीय फोरम– १ लाख ३९ हजार ५ सय ६९
राप्रपा– ९२ हजार ३ सय ७५
विवेकशील साझा– ९० हजार ५ सय ८१
राजपा– ८४ हजार ३ सय ८९
नयाँ शक्ति– ४३ हजार ६ सय ४३
राप्रपा (प्रजातान्त्रिक)– ३० हजार ७ सय ८८
राष्ट्रिय जनमोर्चा– ३० हजार १ सय ९८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।