रोल्पा – प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ नेकपा माओवादी केन्द्र पहिलो भएको छ।
प्रत्यक्षतर्फ जीत हासिल गरेको माओवादी केन्द्रले पच्चीस हजार २६०, नेपाली काँग्रेसले चौध हजार ४१८ र नेकपा एमालेले १० हजार २७१ मत प्राप्त गरेका छन्।
जिल्लामा राष्ट्रिय जनमोर्चा, राप्रपा, राप्रपा९प्रजातान्त्रिक०, एकीकृत राप्रपा राष्ट्रवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेकपा माले, नेपाल परिवार दल, संघीय समाजवादी फोरम नेपाल र मंगोल नेशनल अर्गनाइजेशन मात्रै अस्तित्वमा रहे पनि मतदाताले ४७ दलको चुनाव चिह्नमा मतदान गरेका छन्। सत्तरी हजार ५७० मत खसेको रोल्पामा पन्ध्र हजार ७६६ मत बदर भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।