काठमाडौं– आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछ। दिउँसो सवा तीन बजे न्युजिल्यान्ड र श्रीलंकाबीच कार्डिफमा खेल हुनेछ। यस्तै सवा ६ बजे अफगानिस्तान र अस्ट्रेलिया ब्रिस्टोलमा भिड्नेछन्।
अहिलेसम्म एक पटक पनि विश्वकप जित्न नसकेको न्युजिल्यान्ड प्रतियोगितामा राम्रो सुरुवात गर्न चाहान्छ। त्यसो त प्रतियोगिताको कमजोर टिम मानिएको श्रीलंकासामु भिड्दा न्युजिल्यान्डलाई सजिलो नै हुनेछ।
यता फर्ममा रहेको अस्ट्रेलियालाई प्रतियोगिताको दाबेदार मानिएको छ। अफगानिस्तानले वार्मअप खेलमा पाकिस्तानलाई हराएको थियो। त्यसैले जाइन्ट किलरको छवि बनाएको अफगानिस्तान र बलियो अस्ट्रेलियाबीचको खेल हेर्न लायक हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।