फलेवास, पर्वत – समानुपातिकतर्फको मतगणनामा नेकपा एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ।
प्रतिनिधिसभाको समानुपातिक मतमध्ये एमालेले ३० हजार ९९९ र नेपाली काँग्रेसले २५ हजार १९० मत प्राप्त गरेका छन्। यसैगरी नेकपा ९माओवादी केन्द्र०ले छ हजार ४४९, विवेकशील साझा पार्टीले एक हजार ५७१, राप्रपाले ५२५, राप्रपा ९प्रजातान्त्रिक०ले १५३ र संघीय समाजवादी फोरम नेपालले ४० मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा मालेले १७६, राष्ट्रिय जनमोर्चाले ४७५, राष्ट्रिय जनमुक्ति पार्टीले ३८६, नेपाली जनता दलले ११२ र नयाँ शक्ति पार्टी नेपालले २२७ मत प्राप्त गरेका छन्।
यस्तै प्रदेशसभातर्फको मतगणनामा पनि एमाले नै अगाडि देखिएको छ । एमालेले २८ हजार २७४, काँग्रेसले २३ हजार ९७६ र माओवादी केन्द्रले ८३८ मत प्राप्त गरेका छन्।
विवेकशील साझाले ९७९ र राप्रपाले ७२३ मत प्राप्त गरेका छन्। अन्य राजनीतिक दलले भने न्यून मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए। समानुपातिकमा पाँच सयभन्दा बढी मत ल्याउनेमा अन्य पाँच दल छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।