काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिजनको सहिद स्मारक 'ए' डिभिजन लिग आगामी मंसिर दोस्रो सातादेखि गर्ने भएको छ। एन्फाको शुक्रबार भएको केन्द्रिय समितिको बैठकले आगामी मंसिर १२ देखि ए डिभिजन लिग गर्ने निर्णय गरेको हो।
साथै एन्फाले जिल्ला लिगबाट छनोट हुने ७ टिमबीच प्रेसिडेण्ट कप गर्ने पनि निर्णय गरेको छ। प्रेसिडेन्ट कपको मिति टुंगो लागेको छैन। प्रेसिडेन्ट कपमा ७ प्रदेशका ७ टिमबीच प्रतिस्पर्धा हुनेछ।
प्रेसिडेन्ट कपपछि एन्फाले राष्ट्रिय लिग गर्ने निर्णय गरेको छ। राष्ट्रिय लिगमा प्रेसिडेन्ट कपका उत्कृष्ट ४ टिम र ए डिभिजन लिगका उत्कृष्ट ६ टिम गरी १० टिमबीच प्रतिस्पर्धा हुनेछ।
एन्फाले जुनमा संचालन हुने फिफा कंग्रेसको बैठकमा नेपालको तर्फबाट अध्क्षय कर्माछिरिङ शेर्पाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य पेमा डोल्मा लामालाई पठाउने पनि निर्णय गरेको छ।
एन्फाले जिल्ला लिगसहित विभिन्न प्रतियोगिताका लागि संयोजक तोकेको छ।
एन्फाका निर्णयहरु यस्ता छन् :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।