• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

'कुनै न कुनै प्रदेशमा महिला मुख्यमन्त्री बन्नुपर्छ'

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २६, २०७४  १३:३४
1140x725

माओवादी केन्द्रकी उम्मेदवार बीना मगरले कञ्चनपुर १ मा कांग्रेस उम्मेदवार दिवानसिंह विष्टलाई पराजित गरिन्। मगरले ३८ हजार ४ सय ६७ मत पाउँदा विष्टले १९ हजार २ सय १९ मत पाएका थिए।
बाल कलाकारबाट विद्यार्थी नेतृ हुँदै पार्टी राजनीतिमा आएकी मगर ०७० सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार भएकी थिइन्। तर, उनी यसपटककै प्रतिस्पर्धी विष्टसँग पराजित भइन्। त्यतिबेला उनी तेस्रो भएकी थिइन्। विष्टले १० हजार २ सय ९४ मत पाउँदा मगरले ९ हजार १ सय ५१ मत पाएकी थिइन्।

महिला उम्मेदवारहरुले निकै कम ठाउँमा मात्रै जित हासिल गरेका बेला नेपाल लाइभका लागि किशोर दहालले मगरसँग कुराकानी गरेका छन्।

तपाईंको जितको कारण के हो?

कञ्चनपुरको दक्षिणी भेग भनेको कम्युनिस्टहरुको उर्बर थलो हो। अर्कोतिर हामी कम्युनिस्ट पार्टीहरु एक भएर पनि आयौं। त्यो अर्को आधार हो। यहाँका आमाबुबा, दिदीभाई तथा सबैले मलाई कञ्चनपुरबाट पहिलो महिला प्रतिनिधिका रुपमा देख्न चाहनुभयो। त्यस्तै, म यहाँ निरन्तर रुपमै फिल्डमै काम गरिरहेको छु। निरन्तर जनताको माझमा छु। यिनै कारणले यहाँका जनताले मलाई जिताउनुभयो।

प्रत्यक्षतर्फ महिला उम्मेदवारको विजय निकै कम मात्रै भयो। यस्तो किन भयो जस्तो लाग्छ?

nimb
nimb
Ncell 2
Ncell 2

यो सामान्य विषय होइन। ठूलै विषय हो। यसलाई पार्टी नेतृत्वले गहिरो गरी समीक्षा गर्नुपर्छ। मुख्यगरी महिलालाई उम्मेदवारी बनाउने सन्दर्भमै पार्टीहरुको धारणा सकारात्मक भएन। त्यस्तै, महिला उम्मेदवारलाई 'डेन्जर जोन'मा उम्मेदवार बनाइयो। जहाँ पार्टी तुलनात्मक रुपमा कमजोर छ, त्यस्ता क्षेत्रमा मात्रै प्रतिस्पर्धा गर्न पठाइयो। हार्ने सम्भावना भएको ठाउँमा मात्रै महिलालाई उम्मेदवार बनाइयो। सुरक्षित मानिएका ठाउँमा पुरुष उम्मेदवार नै प्रतिस्पर्धामा उत्रिए। अर्कोतिर महिला नेतृत्वप्रति अविश्वास गरियो। यिनले पनि लड्न सक्छन्, कमान्ड लिन सक्छन् भन्ने कुरामा पार्टी नेतृत्व र कार्यकर्ता तहमा पनि स्कुलिङको अभाव रह्यो। अर्कोतर्फ हामी महिला नै कति प्रतिबद्ध छौं र कति सक्षम छौं, कति दृढ भएर अगाडि बढ्छौं भन्ने कुराले प्रभाव पार्छ।

राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला उपस्थिति सुनिश्चित गर्ने र समग्रमा महिला प्रतिनिधित्व बढाउने भनौं वा महिला सशक्तीकरणको जुन लडाइँ छ। त्यो अझै बाँकी छ भन्ने महसुस हुँदैन?

एकदम बाँकी छ। ३३ प्रतिशत महिला हुनुपर्ने मागलाई सम्बोधन गर्न मात्रै खोजिएको जस्तो देखिन्छ। औपचारिकता पूरा गर्न मात्रै खोजिएजस्तो देखिन्छ। तर, हाम्रो लडाइँ ३३ प्रतिशत मात्रै नभएर ५० प्रतिशत नै हो। त्यसकारण सिंगो महिलाको प्रतिनिधित्व हुने गरेर सरकार निर्माण र नीति निर्माणमा ५० प्रतिशत नै हुनुपर्छ भन्ने हाम्रो माग छ। यो लडाइँ त बाँकी नै छ। यो लैंगिक हकको लडाइँ बाँकी नै छ। 

निर्वाचन परिणाम अनुसार ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ। कुनै प्रदेशमा महिला मुख्यमन्त्री बन्ने सम्भावना छ, त्यसका लागि केही दबाब दिनुहुन्छ?

यो विषयमा सम्बोधन हुनुपर्छ। कुनै न कुनै प्रदेशमा महिलालाई मुख्यमन्त्री बनाउन जरुरी छ। किनकि जम्मा ७ वटा प्रदेशमा ३३ प्रतिशतकै हिसाब गर्ने हो भने पनि दुई-तीन वटामा महिला मुख्यमन्त्री हुनुपर्छ। यो स्वभाविक हो। त्यसैले यो विषयमा मेरो दबाब वा पहल रहन्छ।

अब तपाईंले गर्ने मुख्य कामहरु केके हुन्छ?

मेरो क्षेत्रका मानिसहरु सीमा समस्याबाट उत्पीडित छन्। आत्मस्वाभिमानका साथ बाँच्ने कुरामा धेरै समस्या छन्। त्यसैले सीमाको समस्या समाधान गर्ने कुरा प्रमुख प्राथमिकताको विषय छ। त्यसैले हाम्रो विवादित सीमालाई स्पष्ट पार्ने मेरो मुख्य लडाइँ हो। त्यस्तै स्वस्थ्य, शिक्षा, रोजगार र बाटोघाटो निर्माण तथा औद्योगिक क्षेत्रका रुपमा विकास गर्ने आधारहरुमा टेकेर मैले काम गर्छु।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विदेशी ऋण लिने कुरा स्वीकार्य छैन, विरोध गर्छौं : हर्कराज राई
आजको मौसम:  पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा बैंकले आफ्नो १९औं वार्षिककोत्सवको अवसर पारेर किओस्क मेसिनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको हो। बिहीबार, माघ १५, २०८२
छैठौं टाइगर कपमा एनसेलको सहकार्य यो प्रतियोगिताले नेपालको प्रिय खेल भलिबलको प्रवद्र्धनमा अर्थपूर्ण योगदान पुर्‍याउनुका साथै स्थानीय तहका युवालाई सशक्त बनाउँदै भविष्य... शुक्रबार, माघ ९, २०८२
एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर अफर अन्तर्गतका मर्चेन्डाइजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी, रेप्लिका जर्सी, क्रिकेट ट्रयाकसुट तथा क्याप समावेश छ। शुक्रबार, माघ ९, २०८२
ताजा समाचारसबै
विदेशी ऋण लिने कुरा स्वीकार्य छैन, विरोध गर्छौं : हर्कराज राई सोमबार, चैत २३, २०८२
आजको मौसम:  पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना सोमबार, चैत २३, २०८२
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर सोमबार, चैत २३, २०८२
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै सोमबार, चैत २३, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
हाजिरी जमानीमा छुटे शंकरलाल अग्रवाल आइतबार, चैत २२, २०८२
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्