भोजपुर – समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनानुसार नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरेको छ।
प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७१० र माओवादी केन्द्रले ११ हजार १५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जनाएको छ । प्रतिनिधिसभामा कुल ६५ हजार ९०८ मत खसे पनि नौ हजार १५ मत बदर भएको थियो।
प्रदेशसभा (क) मा एमालेले १२ हजार १९१, काँग्रेसले सात हजार ९६० मत र माओवादी केन्द्रले चार हजार ९३७ मत ल्याएको छ। प्रदेशसभा (ख)मा भने एमालेले ११ हजार ३३१, काँग्रेसले पाँच हजार ५४४ र माओवादी केन्द्रले छ हजार ९३ मत ल्याएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।