काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले अत्यन्त खराब ब्याटिङ गरेको छ। शुक्रबार नटिङघममा टस जितेको वेस्ट इन्डिजले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको पाकिस्तान २१.४ ओभरमा १ सय ५ रनमा अलआउट भयो।
तेस्रो ओभरदेखि विकेट गुमाउन थालेको पाकिस्तानका ब्याट्सम्यान वेस्ट इन्डिजका बलरसामू नीरिह साबित भए। ओपनर इमान उल हक २ रनमा आउट हुँदा उनका ओपनिङ पार्टनर फखर जमानले २२ रन जोडे।
बाबर अजामले पनि २२ रन बटुल्दा हरिस सोहिल र कप्तान सर्फराज मोहमद ८–८ रनमा आउट भए। मोहमद हफिजले १६ रन जोडे भने इमाद वासिम (१), सादब खान (०), हसन अली (१८) र मोहमद अमिरले नटआउट ३ रन मात्र जोड्न सके।
बलिङमा वेस्ट इन्डिजका ओसान थोमसले ४ विकेट लिए। उनले ५.४ ओभरमा २७ रन दिए। कप्तान जासन होल्डरले ३ विकेट हात पारे भने आन्द्रे रसेलले २ विकेट लिए।

यो पाकिस्तानको विश्वकपमा दोस्रो कम स्कोर हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।