काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार भएको खेलमा एपिएफले गण्डकी प्रदेशलाई ६ विकेटले हराएर समुह 'ए'मा लगातार तेस्रो जित निकालेर अन्तिम चारमा स्थान पक्का गरेको हो। गण्डकी लगातार दोस्रो खेलमा पराजित भएको हो।
पहिले ब्याटिङ गरेको गण्डकी ४१.२ ओभरमा १ सय २५ रनमा अलआउट भयो। उसका लागि दिपेश श्रेष्ठले सबैभन्दा बढी २७ रन जोडे। बलिङमा एपिएफका भुवन कार्कीले ३ विकेट लिए। यज्ञमान कुमाल, अमरसिंह रटेउला र शरद भेषवाकरले २–२ विकेट लिए।
१ सय २६ रनको लक्ष्य एपिएफले २३ ओभरमा ४ विकेट गुमाएर पार गर्यो। एपिएफका लागि शरद भेषवाकरले नटआउट ३५ रन जोडे। आसिफ शेखले २० रन र प्रदीप ऐरीले ३३ रन बटुले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।